महामारीमा महिला हिंसा वृद्धि « Khabarhub

महामारीमा महिला हिंसा वृद्धि


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९को महामारीका बेलामा पनि महिला विरुद्धको हिंसाका घटनामा वृद्धि भएको छ । राष्ट्रिय महिला आयोगमा पदाधिकारीको एक वर्ष पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा यही माघ २ गतेदेखि २० गतेसम्म मात्र २९४ वटा महिलाविरुद्ध भएका घटना दर्ता भएको जानकारी दिइएको हो ।

आयोगका अध्यक्ष कमला पराजुलीले यही माघ महिनामा भौतिकरुपमा उपस्थित भएर घटना दर्ता गराउनेको मात्र तथ्याङ्क भएको र टोल फ्री नम्बरबाट पनि त्यतिकै घटनाका उजुरी दर्ता भएको बताइन ।

आयोगले गम्भीर प्रकृतिका घटना स्थलगत अनुगमन गरी नेपाल सरकारलाई सुझाव प्रदान गरी पीडितलाई सहयोगसमेत प्रदान गरेको छ । सातै प्रदेशका विभिन्न जिल्लामा गई विभिन्न सेवा प्रदायक निकायको अनुगमन गरेको छ ।

एक वर्षमा भएका हिंसाका घटनामा आयोगले सहयोग गरेको छ । त्यसमा गोदावरीमा मट्टीतेल खन्याई जलाइएकी मुना मगरलाई लैंगिक हिंसा निवारण कोषबाट रु पाँच लाख उपलब्ध गराइएको छ । डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटलाई लैंगिक हिंसा निवारण कोषबाट रु पाँच लाख उपलब्ध गराइएको छ भने बलात्कारको प्रयास भएकी महिलालाई सोही कोषबाट रु तीनलाख उपलब्ध गराइएको छ ।

स्वयम्भुमा बोक्सीको आरोपमा चरम यातना दिइएकी महिलालाई कोषबाट रु पाँच लाख उपलब्ध गराइएको भने छ. काठमाडौँ जोरपाटीबाट सडकमा अलपत्र परेका वृद्ध दम्पत्तिलाई उद्धार गरी वृद्धाश्रममा पुनःस्थापना गरेको छ ।

त्यस्तै, आयोगले मानसिक समस्या भइ समयमै उपचार नपाइ खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका–४ चिलिङ्गदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको यही माघ ९ गते उद्धार गरी काठमाडौँमा पुनःस्थापना गृहमा राखी उपचार गरिरहेको छ । आयोगले सरकारका सरोकारवाला निकायसँग कोरोनाको महामारीका समयमा लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रणका लागि उच्चस्तरीय समिति र सरोकारवालासँग छलफलसमेत गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ४५ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ