माघे झरीले रोकेन माधवनारायणका बर्तालुको पनौती यात्रा « Khabarhub

माघे झरीले रोकेन माधवनारायणका बर्तालुको पनौती यात्रा


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माघे झरी परेर चिसो वातावरण बने पनि माधवनारायणका बर्तालुलाई दोस्रो तीर्थयात्राका लागि रोकेन ।

राजधानीकै अग्ला पहाडमा हिउँ परिरहेका बेला माघे झरीमा भिज्दै बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी आज बेलुकी पनौती पुगेका छन् । दिउँसो साँखुबाट बर्तालु पैदल यात्रा शुरु गर्दा साँखु माथिका कात्तिके, नगरकोटलगायत डाँडामा हिउँ परिरहेको थियो ।

प्रत्येक वर्ष माघ शुक्ल तृतीयाका दिन माधवनारायणका बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी पनौतीमा गएर बास बस्ने परम्परा छ । माघे झरी, हिउँ परे पनि तृतीया तिथिकै दिन गरिने यो यात्रा रोकिँदैन । जस्तोसुकै परिस्थितिमा पनि यात्रा जारी राख्नुपर्ने भएकाले माघे झरी र हिउँ परिरहेका बेला पनि कार्यक्रम नरोकिएको यात्रा संयोजक विजयकृष्ण भाष्करले जानकारी दिए ।

एक महिने माधवनारायणका बर्तालुको यो दोस्रो तीर्थ यात्रा हो । यसअघि तीर्थयात्राका लागि सोमबार बिहान शालिनदीबाट हिँडेका बर्तालु बुधबार राति तीन दिने कार्यक्रम सम्पन्न गरी साँखु फर्किएका थिए । पहिलो चरणको तीर्थ यात्राका क्रममा बर्तालुले बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए ।

दोस्रो चरणको तीर्थ यात्राका लागि आज पनौती पुगेका बर्तालुले शनिबार बिहान त्रिवेणीघाटमा स्नान गरी इन्द्रेश्वरलगायत मन्दिरमा पूजा आराधना गर्ने कार्यक्रम रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

पनौतीमा यस वर्ष १२ वर्षे मेला पनि चलिरहेकाले विशेष पूजा आराधना हुने उनले बताए । माघ २२ गते शनिबार दिउँसोको भोजन बनेपामा गरी बर्तालु साँखु फर्कने छन् । पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ ।

तेस्रो चरणको तीर्थ यात्राका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन् । द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ ।

माधवनारायणका बर्तालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा गुल्टँदै सहस्रधाराको जलबाट स्नान गर्छन् । यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुले शालिनदी किनारमा बसेर खिर खाने परम्परा छ ।

पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालिनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा शुरु भएको विश्वास गरिन्छ ।

माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गर्छन् । समापनको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालिनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिरहेका प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ११ बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन