आर्थिक

उद्योगी सत्यनारायण क्याल मधेस प्रदेशको आर्थिक सल्लाहकार नियुक्त

By खबरहब

February 04, 2022

काठमाडौँ- उद्योगी सत्यनारायण क्याल मधेस प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त भएका छन् ।

मधेस प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी क्याललाई प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतले क्याललाई शुक्रवार सल्लाहकारमा नियुक्त गरिएको पत्र पठाएका छन् ।

मधेस प्रदेशको औद्योगिक विकासका लागि आवश्यक नीति निर्माणमा सल्लाह लिने उद्देश्यले क्याललाई सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्रीको पत्रमा उल्लेख छ ।

औद्योगिक तथा व्यापारिक समूह क्याल ग्रुपका अध्यक्षसमेत रहेका उद्योगी क्याल विगत साढे ३ दशकदेखि उद्योग व्यापार क्षेत्रमा निरन्तर सक्रिय छन् ।

प्रदेशको समग्र विकासका लागि योजना तर्जुमालगायत आर्थिक सरोकारमा सुझाव लिन निजीक्षेत्रका अनुभवी र प्रवुद्ध व्यक्तिलाई सल्लाहकार नियुक्त गरिएको प्रदेश सरकारले बताएको छ ।