प्रिमियरमा रुचाइयो ‘लप्पन छप्पन २’, आजदेखि हलमा « Khabarhub

प्रिमियरमा रुचाइयो ‘लप्पन छप्पन २’, आजदेखि हलमा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको तेस्रो लहरको प्रवाह कम भएर जनजीवन सामान्य भएसँगै फिल्मी गतिविधि पनि बढ्न थालेका छन् । गतसाता मात्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर गरियो । रिलिज अगाडी गरिएको प्रिमियरले फिल्मी माहोल बनायो । कोरोना भाइरसको महामारी पश्चात त्यहाँ सेलिब्रेटी देखिए ।

आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’लप्पन छप्पन २’ ले पनि सिरिजको पूर्व सन्ध्यामा प्रिमियर गरेको थियो । काठमाडौँमा भएको प्रिमियरमा फिल्म हेर्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

फिल्मकै कलाकारसमेत रहेका शिव श्रेष्ठले फिल्म स्तरीय बनेको प्रतिक्रिया दिए । फिल्म हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाली फिल्मनै बक्स अफिसलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । ‘फिल्मले राजनीतिको फरक पाटोलाई देखाएको छ । पावर र पैसाको शक्तिले के सम्म गर्न सकिन्छ भन्ने यसमा देखिन्छ,’ अभिनेता श्रेष्ठले भने ।

फिल्म हेरेर निस्किएका अर्पण थापाले पनि दर्शकले भरपुर मनोरञ्जन पाउने विश्वास व्यक्त गरे । ‘दर्शकले लामो समयदेखि ग्याङस्टर र राजनीतिक कथावस्तुका फिल्म हेर्न पाउनु भएको थिएन,’ उनले भने, ‘विदेशमा रहेका नेपालीले समेत यसलाई रुचाउनु हुनेछ ।’

मल्टी स्टारर फिल्ममा शिव र अर्पणसँगै सौगात मल्ल, अनुप विक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनय गरेका छन् । मुस्ताङमा छायांकन भइरहेको फिल्म ‘लाखे’ मा व्यस्त भएका कारण सौगात मल्ल र अनुपविक्रम शाही प्रिमियरमा उपस्थित भएनन् ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । नेपाल, बेल्जियम, अष्ट्रेलिया र नेदरल्यान्डमा छायांकन गरिएको मल्टिस्टारर फिल्म ’लप्पन छप्पन २’ मा पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । यसमा समीर खरेल क्रियटिभ निर्माता रहेका छन् भने, सहनिर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ३४ बजे

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई 

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने कार्यको जग बस्यो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक,

‘एचाइभी सङ्क्रमितलाई अझै समाजले  हेयको दृष्टिले हेर्दछन्’

टीकापुर– एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधि उपचार गर्दा