बिग्रियो ट्रान्सफर्मर, बन्द भयो सबस्टेशन | Khabarhub Khabarhub

बिग्रियो ट्रान्सफर्मर, बन्द भयो सबस्टेशन


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ ।

विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो । यहाँबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रीय लाइनको विद्युत् वितरण हुँदै आएको थियो ।

दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना बन्द भएपछि १३.६ मेगावाट क्षमताको थापाखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ३३-११ केभीमा सिङ्क्रोलाइज (आन्तरिकीकरण) गरी घरापबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । थापाखोलाको विद्युत्लाई चोखोपानी सबस्टेशनमा चार्ज गरिएको छ । घलेम्दीको बिजुलीलाई दानास्थित सबस्टेशनमा लगिएको छ ।

तातोपानी साना जलविद्युत् र सबस्टेशनका प्रमुख शिवप्रसाद नेपालले वैकल्पिक सबस्टेशनबाट विद्युत् वितरण गर्नुपरेको बताए । ‘लामो समयको प्रयासपछि ६.८ एमबिए क्षमताको ट्रान्सफर्मर ल्याए पनि क्रेन नहुँदा त्यसलाई उचालेर चौकामा राखी जडान गर्न सकेका छैनौँ’, उनले भने, ‘दानाको २२०-१३२ केभिए सबस्टेशनको ३३-११ केभिए सबलाइनबाट पर्वतको मिलनचोक सबस्टेशनबाट विद्युत् वितरण गरिएको छ ।’

पुराना र जीर्ण ३३-११ केभिए ट्रान्सफर्मर र प्रसारण लाइनमा बढी क्षमताको विद्युत् पठाइएकाले भार थेग्न नसकी ट्रिप (सबस्टेशनमा विद्युत् काटिने) समस्या थियो । सबस्टेशन बन्द भएपछि लामो दूरीमा वितरण गर्दा विद्युत् आपूर्ति अनियमित हुन थालेको अन्नपूर्ण–३ दानाका गङ्गा पुनले बताए । दुईवटा जलविद्युत् आयोजना र बेनी–जोमसोम–कोरला सडक आयोजनाका अस्थायी क्रसरमा विद्युत् आपूर्तिमा समस्या आएको छ ।

घरापमा विसं २०४६ मा नेपाल विद्युत् प्राधिकरणले धवलागिरि क्षेत्रमै पहिलोपटक तातोपानी साना जलविद्युत् आयोजना निर्माण गरेर म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका बस्तीमा उज्यालो पुर्‍याएको थियो । गत वर्षदेखि सञ्चालनमा आएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले तातोपानी सानाको मुहानभन्दा माथि बाँध बानेर पानी लगेको छ ।

खोला सुकेपछि हिउँदमा तातोपानी साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको तातोपानी साना जलविद्युत् आयोजनाको ऐतिहासिक विरासत अन्त्य भएको छ । आयोजनाको विद्युत् गृहका टर्वाइन, जेनेरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा १५ वर्षदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको थिएन । पाँच सय किलोवाट मात्र विद्युत् उत्पादन हुने गरेको थियो । चारवटा टर्वाइन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने अवस्थाका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : ३० बजे

सकियो रणवीरको फिल्म रामायणको छायाङ्कन, छुट्ने बेला कलाकारहरू भावुक

काठमाडौं- बलिउड नायक रणवीर कपुर स्टारर फिल्म ‘रामायण : पार्ट

कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत

काठमाडौं– कोशी प्रदेश सरकारले परिमार्जित योगदानमूलक कोषको व्यवस्था गर्न बनेको

सांसदहरूको निष्कर्ष : ‘कुलिङ पिरियड’मा संसदीय समिति सचिवालय र दुई मन्त्रालयको बदमासी

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेकको

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार

वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण 

दोलखा– जिल्ला भूमि समस्या आयोग दोलखाले बुधबार वैतेश्वर गाउँपालिका भित्रका