पाँच जनाको ज्यान लिएको नरभक्षी बाघ चितवन ल्याइयो | Khabarhub Khabarhub

पाँच जनाको ज्यान लिएको नरभक्षी बाघ चितवन ल्याइयो


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ। बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो ।

विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। उनले भने, ‘बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकाले उक्त बाघ अहिले चितवन ल्याइएको हो, यसलाई तत्काल जङ्गलमा छाडिँदैन, पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ ।’ कसरामा राखिएको बाघलाई दिनमा चारदेखि छ किलोसम्म राँगाको मासु दिइन्छ ।

कहिलेकाहीँ मरेको जङ्गली जनावरको मासु पनि दिइन्छ । खोरमा भएको अवस्थामा केही स्वास्थ्य समस्या परेमा चिकित्सकले यसको स्वास्थ्य परीक्षण गर्छन् । प्रमुख संरक्षण अधिकृत आचार्यले कसरामा राखेर बाघको दैनिक बानी व्यवहारको अध्ययन गरिने जानकारी दिए । गत माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट सामुदायिक वनमा घाँस–दाउराका लागि जाँदा नरभक्षी बाघले खाएको थियो ।

सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई सोही बाघले आक्रमण गरेर मारेको थियो । यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा सोही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो । त्यस्तै केही समयअघि स्थानीय दुर्गा थारू सोही बाघको आक्रमणबाट घाइते हुनुभएको थियो । उनी सामान्य उपचारपछि घर फर्किएका थिए ।

त्यसैगरी फागुन पहिलो सातामात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको थियो । त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते भए । पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको थियो । राप्ती सोनारी–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले बाघलाई डार्ट गरेर (लठ्याएपछि) गाडीमा हालेर चितवन ल्याइएको हो । बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले माघ २६ गतेदेखि आहारा प्रजाति (पाडो) राखी सामुदायिक वनका कर्मचारी, भेटेरेनरी चिकित्सक, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसहितको जनशक्ति परिचालित गरेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ४५ बजे

दशैँमा कसरी हुँदैछ बिजुली व्यवस्थापन ?

काठमाडौं – सरकारले दशैँको अवधिभर गुणस्तरीय र भरपर्दो विद्युत सेवा

स्वादे जिब्रोको परिणाम : दुई महिनामै १९ करोडको मसला खपत

काठमाडौं – खाना खाँदा तरकारी मसालेदार भएन भने नेपालीलाई स्वाद

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

काश्मीर – जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका

आज विश्व हुलाक दिवस मनाइँदै

काठमाडौं– आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक