पश्चिमा मुलुकले रुसी धनाढ्यका आलिसान निजी पानीजहाज नियन्त्रणमा लिन थाले, केही भागेर मालदिभ्सतिर « Khabarhub

पश्चिमा मुलुकले रुसी धनाढ्यका आलिसान निजी पानीजहाज नियन्त्रणमा लिन थाले, केही भागेर मालदिभ्सतिर


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ– पश्चिमा मुलुकहरूले रुसी धनाढ्यहरुको आलिशान निजी पानीजहाज धमाधम नियन्त्रणमा लिन थालेका छन् । फ्रान्सले रुसी तेल कम्पनी रोज्नेफ्टका मालिक इगोर शेइनको पानीजहाज फ्रान्सको बन्दरगाह शहर मार्सेको तटबाट नियन्त्रणमा लिएको जनाएको छ ।

यसअघि जर्मनीले पनि अर्का रुसी धनाढ्यको पानीजहाज नियन्त्रणमा लिएको जनाएको थियो । फ्रान्सेली अधिकारीहरुले बुधबार शेइनको ८८ मिटर लामो पानीजहाजलाई नियन्त्रणमा लिएका हुन् । ‘अमाोर भेरो’ अर्थात् ‘चोखो माया’ नाम गरेको यो पानीजहाज फ्रान्सेली जलक्षेत्रबाट भाग्नै लागेका बेला नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि जर्मन अधिकारीहरुले पनि हामबर्गको बन्दरगाहबाट अर्का रुसी धनाढ्य धातु उद्यमी अलिशेर उस्मानोभको ‘दिलबर’ नाम गरेको पानीजहाजलाई नियन्त्रणमा लिएको जनाएका थिए । ६० करोड अमेरिकी डलर पर्ने यो पानीजहाज मोटरबाट  चल्ने संसारकै सबैभन्दा ठूलो पानीजहाज रहेको अमेरिकी आर्थिक अखबार फोर्ब्सले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरुले रुसी धनाढ्यलाई एकपछि अर्को गरी नाकाबन्दी र प्रतिबन्ध लगाउन थालेपछि अहिले रुसी धनाढ्यहरूलाई आफ्नो पानीजहाजलाई मालदिभ्सतिर भगाउन खोजिरहेको जनाइएको छ । बीबीसीका अनुसार ५ रुसी धनाढ्यका पानीजहाज अहिले मालदिभ्स लागेका छन् ।

मालदिभ्ससँग अमेरिकाको सुपुर्दगी सन्धि नभएका कारण रुसी धनाढ्यहरुले आफ्ना पानीजहाज मालदिभ्सतिर भगाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : २४ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको