एन्फा लिग कमिटी संयोजक शर्माले दिए राजीनामा « Khabarhub

एन्फा लिग कमिटी संयोजक शर्माले दिए राजीनामा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिएका छन् ।

नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् ।

नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौं रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएको उनले बताएका छन् । ‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्बलको डाइरेक्टरको रुपमा सँगसँगै काम गर्दा कतिपय अप्ठायारा आउनसक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरु पनि जोडिन जाने भएकाले आजको मितिदेखि राजीनामा पेस गरेको छ,’ उनले राजीनामा पत्रमा भनेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १२ : ४० बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको