कृषि कम्पनीमा जोडिए पंकज त्रिपाठी « Khabarhub

कृषि कम्पनीमा जोडिए पंकज त्रिपाठी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता पंकज त्रिपाठी एक निजी कृषि कम्पनीमा अनुबन्धित भएका छन् । यो कम्पनी कृषि नेटवर्क नामक एग्रीटेक एप चलाउँछ । कम्पनीले पंकजलाई ब्राण्ड एम्बासडरका रुपमा नियुक्त गरेपछि उनले ‘अज्ञात पूँजी’ कम्पनीमा लगानी गरेका छन् ।

कम्पनीले पंकजसँगको सहकार्यले जनतासम्म पुग्न र जमिनको स्तरमा किसानलाई जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । पंकजले आफ्नो पृष्ठभूमि किसान परिवारसँग जोडिएकाले किसानसँग नजिक रहेर काम गर्न पाउँदा खुशी लागेको बताए ।

‘एक किसान परिवारमा जन्मिएर हुर्किनुले मैले अधिकतम जीवन कृषि र त्यससँग जोडिएर बनेका कामसँग परिचित छु । म जहिल्यै जमिनस्तरमा भारतीय किसानहरुको अगाडि आएका समस्याप्रति जानकार छु । सही जानकारीका अभावले किसानमा अनेक समस्या आएकाले उनीहरुलार्य शिक्षित गर्नु मेरो कर्तव्य हो’, उनले भनेका छन् ।

कामको कुरा गर्दा पंकज चाँडै नै आफ्नो लोकप्रिय कमेडी फ्रेञ्चाइजी ‘फुकरे’को तेस्रो संस्करणमा देखिँदैछन् । यसबाहेक उनी ‘क्रिमिनल जस्टिस’को तेस्रो सिरिजमा माधव मिश्राको चरित्रमा देखिँदैछन् । उनी ‘शेरदिल, ‘ओ माई गड २’ र ‘बच्चन पाण्डे’ जस्ता फिल्ममा देखिँदैछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १२ : ५७ बजे

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन