एमाले अध्यक्ष ओली शनिबार झापा आउँदै « Khabarhub

एमाले अध्यक्ष ओली शनिबार झापा आउँदै


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला झापा आउँदै छन् ।

झापा विद्रोहका क्रममा तत्कालिन विद्रोही मालेका शिर्ष पाँच नेताको हत्या भएको दिन फागुन २१ गते पारेर उनी आउन लागेका हुन् । यस दिनलाई एमालेले सुखानी सहिद दिवसको रुपमा मनाउने गरेको छ । भद्रपुर विमानस्थल हुँदै आउने ओली झापा आए लगत्तै तिनै सहिदहरुको स्मृतिमा अर्जुन धारामा निर्माण गरिएको सहिद पार्क पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने कार्यतालिका रहेको छ ।

यसपछि उनी आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ मा पर्ने कमल गाउँपालिका आउने छन् । त्यहाँ उनले रतुवा र मावा खोलाका विभिन्न स्थानमा गरिने तटबन्धन तथा बाँध निर्माणको संयुक्त शिलान्यास गर्ने छन् । कमल गाउँपालिका वडा नं. ६ स्थित खयरवारीमा यो कार्यक्रम हुने तय भएको छ । शिलान्यास स्थलको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, वडाअध्यक्ष नरेन्द्र भट्टराई, एमाले नेता होमबहादुर थापा एवम् बाँध निर्माणको नियमन निकाय जनताको तटबन्धन कार्यालयका प्रतिनिधीहरुले अवलोकन गरेका छन् ।

ओलीले शनिबार नै प्रेस चौतारी प्रदेश १ को अधिवेशन तथा नेपाल खेलकुद महा संघको प्रदेश स्तरीय कार्यक्रमलाई विर्तामोडमा सम्बोधन गर्नेछन् । यसैगरी शनिबार नै उनले झापा गोल्डकपको समेत उद्घाटन गर्ने कार्यतालिका रहेको ओलीको गृहजिल्ला भ्रमणको संयोजनमा खटिएका होमबहादुर थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १ : ३६ बजे

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं– माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास