एमाले अध्यक्ष ओली शनिबार झापा आउँदै « Khabarhub

एमाले अध्यक्ष ओली शनिबार झापा आउँदै


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला झापा आउँदै छन् ।

झापा विद्रोहका क्रममा तत्कालिन विद्रोही मालेका शिर्ष पाँच नेताको हत्या भएको दिन फागुन २१ गते पारेर उनी आउन लागेका हुन् । यस दिनलाई एमालेले सुखानी सहिद दिवसको रुपमा मनाउने गरेको छ । भद्रपुर विमानस्थल हुँदै आउने ओली झापा आए लगत्तै तिनै सहिदहरुको स्मृतिमा अर्जुन धारामा निर्माण गरिएको सहिद पार्क पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने कार्यतालिका रहेको छ ।

यसपछि उनी आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ मा पर्ने कमल गाउँपालिका आउने छन् । त्यहाँ उनले रतुवा र मावा खोलाका विभिन्न स्थानमा गरिने तटबन्धन तथा बाँध निर्माणको संयुक्त शिलान्यास गर्ने छन् । कमल गाउँपालिका वडा नं. ६ स्थित खयरवारीमा यो कार्यक्रम हुने तय भएको छ । शिलान्यास स्थलको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, वडाअध्यक्ष नरेन्द्र भट्टराई, एमाले नेता होमबहादुर थापा एवम् बाँध निर्माणको नियमन निकाय जनताको तटबन्धन कार्यालयका प्रतिनिधीहरुले अवलोकन गरेका छन् ।

ओलीले शनिबार नै प्रेस चौतारी प्रदेश १ को अधिवेशन तथा नेपाल खेलकुद महा संघको प्रदेश स्तरीय कार्यक्रमलाई विर्तामोडमा सम्बोधन गर्नेछन् । यसैगरी शनिबार नै उनले झापा गोल्डकपको समेत उद्घाटन गर्ने कार्यतालिका रहेको ओलीको गृहजिल्ला भ्रमणको संयोजनमा खटिएका होमबहादुर थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १ : ३६ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम