लुटपाटमा सक्रिय ८ जनाको गिरोह पक्राउ « Khabarhub

लुटपाटमा सक्रिय ८ जनाको गिरोह पक्राउ


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले काठमाडौँको नयाँ बजारबाट लुटेराको समूहलाई नियन्त्रणमा लिएको छ।

११ फागुनको साँझ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई आफूहरू प्रहरी भएको बताउँदै नगदसहित विभिन्न सामग्री लुटपाट गर्ने ८ जनालाई महानगरीय अपराध महाशाखा काठमाडौँको टोलीले पक्रेको हो।

पक्राउ पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका ४ का देवीप्रसाद धिताल, धादिङ धुनेबेशि नगरपालिका ३ का शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका २ का हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा ४ का सुवास रतोकी, शुक्लाफाँटा २ कै मिलन बोहरा, पाँचथर याङ्गक गाउँपालिका ८ का लिम्बु भन्ने भविन्द्र बेगा, प्युठान गौमुखी गाउँपालिका ६ का भिटेन उपनाम राखेर संगित थापा भन्ने कमल सुनार रहेका छन् ।

उनीहरूको साथबाट ११ थान मोबाइल, एउटा घडी, एटीए कार्डलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १ : २४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले