कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान « Khabarhub

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो ।

तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए ।

उनका अनुसार सभापति पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ । कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा कूल एक हजार ४९३ मतदाता छन् । बिहीबार सम्पन्न भएको मतदानअन्तर्गत उपसभापति, सचिव, सहसचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मतपेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ५६ बजे

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन