सुभाष र समिक्षाको ‘बजाई देउ’ मा चिरञ्जीबी र अञ्जना « Khabarhub

सुभाष र समिक्षाको ‘बजाई देउ’ मा चिरञ्जीबी र अञ्जना


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुरा काट्ने मान्छेले काटुन बोलको चर्चित गीतका गायक सुभाष पुरीको स्वर रहेको नयाँ गीत ‘बजाई देउ’ को गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक पुरीकै शब्द शृजना रहेको गीतमा गायक पुरीलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । बबुल गिरीको संगीत, एरेन्ज र मिक्सिगं मास्टरिगं रहेको गीत अछामका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको प्रेम कहानीलाई देखाइएको छ । भिडियोमा मोडल जेबी चिरन चिरञ्जीबी सापकोटा र अञ्जना राउत गज्जबसँग खुलेका छन् । प्रेम र रोमान्सले भरिएको यो रमाइलो प्रेम गाथालाई पछिल्लो समयका चर्चित निर्देशक गौरब गिरीले निर्देशन गरेका हुन् ।

काठमाडौँ उपत्यका बाहिर गएर रमाइला र नयाँ लोकेशनमा भिडियो छायांकन गर्न रुचाउने निर्देशक गिरीको धेरैले प्रशंसा गर्ने गरेका छन् । सुदुरपश्चिमको रमाइलो प्रेम गाथालाई देखाइएको भिडिायेको छायांकन बसन्त कुँवरले गरेका हुन् भने सम्पादन बलभद्र कुँवरले गरेका हुन् ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ५१ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा