मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार संवेदनशीलः मुख्यमन्त्री राउत « Khabarhub

मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार संवेदनशीलः मुख्यमन्त्री राउत


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेका मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार जनकपुरधाममा गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापना कालदेखि नै संवेदनशील भएर अघि बढेको बताएका हुन् ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति ख्याल मात्रै गरी दिए पनि मानव अधिकार रक्षाको सवालमा हाम्रो समाज ठूलो फड्को मार्ने उनको विश्वास छ ।

मुख्यमन्त्री राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार प्रतिबद्ध रहे पनि प्रहरी प्रशासनको आभावमा अपेक्षित कार्य गर्न नसकेको स्वीकार गरे ।

कार्यक्रममा उच्च अदालतका मुख्यन्यायाधीश विनोद शर्मा, नेपाल बार एशोसिएशनका राष्ट्रिय उपाध्यक्ष रामचन्द्र सिंह, मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष श्यामा साह, मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर, गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष धिरेन्द्रबहादुर सिंहसहितको सहभागिता थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : १९ बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको