कर्णाली प्रदेशका अधिकतर साना जलविद्युत आयोजनाहरू बन्द « Khabarhub

कर्णाली प्रदेशका अधिकतर साना जलविद्युत आयोजनाहरू बन्द


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा रहेका अधिकतर लघुजलविद्युत् आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ ।

निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आई अहिले बन्द अवस्थामा रहेको पाइएको छ ।

कर्णाली प्रदेशका ९ जिल्लामा गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ ।

जाजरकोटका पाँचवटा माइक्रो हाइड्रो चलेको र २३ वटा नचलेको, सल्यानमा एक चलेको र एक नचलेको, रुकुम पश्चिममा ६ चलेको र २० नचलेको, दैलेखमा सात चलेको र १३ नचलेको र सुर्खेतमा एक चलेको र तीन ३ वटा नचलेको पाइएको छ ।

त्यस्तै, जुम्लामा ६ चलेको र २० नचलेको, कालिकोटमा ६ चलेको ११ नचलेको, मुगुमा दुई चलेको पाँच नचलेको र हुम्लामा तीन चलेको आठ नचलेको अवस्थामा रहेको पाइएको छ । ३७ वटा सञ्चालमा रहेको र १०४ नचलेको अवस्थामा रहेको पाइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गरेको भर्चुअल बैठकमा यो कुराको जानकारी दिइएको हो । कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, निमित्त सचिव गोपाल शर्मा, प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ३२ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल