धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम नष्ट « Khabarhub

धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम नष्ट


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णयअनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियानअन्तर्गत अफिम नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले खेती नष्ट गरेको छ ।

साथै, प्रहरीले बारीमा लुकाई राखिएको करिब ५० केजी गाँजा समेत जलाएर नष्ट गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी