तनहुँ, रोल्पा र मोरङमा करेन्ट लागेर एक–एक जनाको मृत्यु « Khabarhub

तनहुँ, रोल्पा र मोरङमा करेन्ट लागेर एक–एक जनाको मृत्यु


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँ, रोल्पा र मोरङमा करेन्ट लागेर एक–एक जनाको मृत्यु भएको छ ।

तनहुँको व्यास नगरपालिका–१ मौरीयाटार बस्ने ६८ वर्षीय ओमबहादुर नेपालीको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।

घरनजिकैको खोलाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका–७ धपरी बस्ने ३० वर्षीय टीकाराम वलीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–७ निम्रीस्थित वेभ सर्भर जडान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारका लागि जिल्ला अस्पताल रेउघातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै, मोरङको मिक्लाजुङ्ग गाउँपालिका–८ बस्ने २९ वर्षीय नगेन्द्र बस्नेतको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।

मिक्लाजुङ्ग गाउँपालिका–२ र ईलाम चुलाचुली गाउँपालिका–६ को सिमानास्थित नुनसरी खोलामा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट लाग्दा उनी अशक्त बनेका थिए । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : ०६ बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको