पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी « Khabarhub

पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक अभिनेता पक्राउ परेको विषयमा प्रविधिको दुरुपयोग गरी सार्वजनिक भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको छ ।

पीडितको गोपनीयता भंग हुने गरी भइरहेका गतिविधिप्रति चासो राख्दै प्रहरीको साइबर ब्यूरोले यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ ।

पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको भन्दै ब्युरोले यस्ता क्रियाकलापहरू विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताएको छ ।

प्रहरीले यस्ता गतिविधिले अनुसन्धानमा समेत बाधा पुग्ने भएको पनि जनाएको छ ।

‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर व्यूरो अनुरोध गर्दछ,’ ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : १५ बजे

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं– माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास