पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी « Khabarhub

पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक अभिनेता पक्राउ परेको विषयमा प्रविधिको दुरुपयोग गरी सार्वजनिक भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको छ ।

पीडितको गोपनीयता भंग हुने गरी भइरहेका गतिविधिप्रति चासो राख्दै प्रहरीको साइबर ब्यूरोले यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ ।

पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको भन्दै ब्युरोले यस्ता क्रियाकलापहरू विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताएको छ ।

प्रहरीले यस्ता गतिविधिले अनुसन्धानमा समेत बाधा पुग्ने भएको पनि जनाएको छ ।

‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर व्यूरो अनुरोध गर्दछ,’ ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : १५ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम