पाकिस्तानमा बम विष्फोट हुँदा ३० जना मारिए « Khabarhub

पाकिस्तानमा बम विष्फोट हुँदा ३० जना मारिए


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरपश्चिम पाकिस्तानको पेशावर शहरमा गराइएको बम आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । पेशावर शहरस्थित शिया मुसलमानहरुको मस्जिदलाई लक्षित गरी आक्रमण गराइएको हो ।

कुचा रिसाल्दार मस्जिदमा शुक्रबारको नमाज पढ्न भेला भएकाहरुलाई लक्षित गरी भएको बम आक्रमणमा अरु दर्जनौं घाइते भएको अल जजीराले जनाएको छ ।

मस्जिदमा बम विष्फोट हुनुअघि दुई बन्दुकधारीले मस्जिदबाहिर पहरा दिइरहेका सुरक्षाकर्मीमाथि अन्दाधुन्ध गोली चलाएको स्थानीय अधिकारीले जनाएका छन । दोहोरो गोली हानाहानमा एक बन्दुकधारी र एक प्रहरीको मृत्यु भएको जनाइएको छ ।

आक्रमणको समय मस्जिदमा १५० जनाजति श्रद्धालू उपस्थित रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको हालसम्म कुनै समूहले पनि जिम्मा लिइसकेको छैन । यद्यपि पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान र इस्लामिक स्टेट लगायतका आतंकवादी समूहहरुले पाकिस्तानमा यस्ता साम्प्रदायिक आक्रमण गराउँदै आएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : ४१ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल