पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुन्छः नेकपा माओवादी केन्द्र « Khabarhub

पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुन्छः नेकपा माओवादी केन्द्र


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले पार्टीभित्रका फरक मत र विचारलाई छलफलमार्फत् टुंग्याउने बताएकी छन् ।

पार्टीको शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेतृ घर्तीले एमसीसीको विषयलाई लिएर पार्टीभित्र उत्पन्न भएको फरक मत र विचारलाई केन्द्रीय समिति बैठकमा छलफल गरेर निकास निकाल्ने बताएकी हुन् ।

एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको विषय पनि बैठकको एजेन्डाका रूपमा प्रस्तुत भएको उनले जानकारी दिइन् ।

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुने बताएको घर्तीले जानकारी दिइन् ।

घर्तीले स्थानीय तहको निर्वाचनसम्म अहिलकै गठबन्धन कायम रहने पनि बताएकी छन् ।

उनले आगामी चुनावसम्म यही गठबन्धन कायम रहने र ठोस निर्णय भने हुन बाँकी रहेको बताइन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : ४९ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल