भारतीय विद्यार्थी ओसार्न रुसद्वारा १३० बस तयार « Khabarhub

भारतीय विद्यार्थी ओसार्न रुसद्वारा १३० बस तयार


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय तथा अन्य विदेशी विद्यार्थीलाई स्वदेश फिर्ता गर्न रुसले १३० वटा बसको व्यवस्था मिलाएको छ । १३० वटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीबाट भारतीय विद्यार्थी र अन्य विदेशीहरूलाई रुसको बेल्गोरोड क्षेत्रमा लैजान तयार रहेका रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले जनाएका हुन् ।

‘भारतीय विद्यार्थी र अन्य विदेशी राज्यका नागरिकहरूलाई उद्धार गर्न बिहान ६ बजेदेखि बेल्गोरोड क्षेत्रको नेखोतेयेभकासुड्झा चेकपोस्टबाट कूल १३० वटा आरामदायी बस खार्किभ र सुमी जाने तयारीमा छन्’ मिजिन्त्सेभलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

सुरक्षा जाँच चौकीमा अस्थायी बसोबास र आरामका लागि ठाउँ पनि तोकिएको बताइएको छ । ‘उनीहरूलाई तातो खाना पनि उपलब्ध गराइनेछ’ रुसी समाचार एजेन्सी तासले जनाएको छ ।  त्यहाँ औषधिको भण्डारसहित मोबाइल क्लिनिकहरू पनि स्थापना गरिएको छ ।

विस्थापितहरुलाई त्यसपछि बेलगोरोड सहरमा पठाइनेछ र त्यसपछि रुसी सैन्य विमानहरू लगायत हवाई मार्गबाट तिनीहरूको मातृभूमि प्रस्थान गर्नका लगाइने छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि  सैन्य आक्रमण शुरु भएको घोषणा गरेयता युक्रेनमा भिडन्तका समाचारहरु आइरहेका छन् । यही क्रममा रुसी फौजको गोलाबारीबाट केही दिनअघि मात्रै पूर्वी युक्रेनको खार्किब शहरमा एक भारतीय नागरिकले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ५० बजे

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।