अफगानिस्तानमा लगानी बढाउन तालिबान सरकारको आह्वान | Khabarhub Khabarhub

अफगानिस्तानमा लगानी बढाउन तालिबान सरकारको आह्वान


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तालिबानको नेतृत्वमा रहेको अफगान कार्यवाहक सरकारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्किन आह्वान गरेको छ । सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेका हुन् ।

उनले काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा यस्तो आह्वान गरेको तालिबान सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ ।

‘लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । ‘अन्तर्राष्ट्रिय नाकाबन्दीहरू दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ ।’

विश्व बैंकको सञ्चालक समितिले गत मंगलबार अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्ने निर्णय गरेको थियो । गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको थियो ।

अफगानिस्तानको केन्द्रीय  दा अफगानिस्तान बैंक (डिएबी) ले विश्व बैंकको यो कदमलाई सद्भावनाको रुपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : ३० बजे

जसपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं– अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार

पर्वतका ९१ साना उद्योग बन्द

पर्वत– कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

महोत्तरी– महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी

कोशीका मुख्यमन्त्री कार्की सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै

विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएपछि

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा