युक्रेनी राष्ट्रपतिको तीन हत्या प्रयास असफल, रुसी गुप्तचर एजेन्सी नै युक्रेन युद्धको विपक्षमा « Khabarhub

युक्रेनी राष्ट्रपतिको तीन हत्या प्रयास असफल, रुसी गुप्तचर एजेन्सी नै युक्रेन युद्धको विपक्षमा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तीन पटक हत्या प्रयास भएको खुलासा भएको छ । बेलायतको द टाइम्स अखबारले यस्तो दाबी गर्दै समाचार छापेको हो । सनसनीपूर्ण खुलासाअनुसार रुसी गुप्तचर एजेन्सीले नै युक्रेनी राष्ट्रपतिको हत्या प्रयास विफल बनाएको बताइएको छ ।

रुसी गुप्तचर एजेन्सी एफएसबीका वरिष्ठ अधिकारीहरु आफैँ युक्रेन युद्धको विपक्षमा रहेकाले उनीहरुकै सहयोगमा उनको हत्या प्रयास असफल भएको समाचारको दाबी छ ।

यसअघि आएका समाचारमा रुसले युक्रेनी राष्ट्रपतिको हत्या गर्न रुसले वाग्नर ग्रुप नामक निजी सैनिक कम्पनीका भाडाका ४ सय लडाकु परिचालन गरेको जनाइएको थियो ।

युक्रेनी सुरक्षा अधिकारीहरुले पनि जेलेन्स्कीको हत्या प्रयास विफल बनाइएको बताउँदै आएका छन् ।
 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : ४० बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६