आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६ अक्टोबर ३१ तारिख। कार्तिक कृष्ण पक्षको षष्ठी तिथि। विश्व सहरीकरण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथी शान्त रहेकाले सोचेको काम बन्नेछ। परिवारभित्र भने समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष : आजको दिनलाई सदुपयोग गर्नुपर्ने छ। स्वास्थ्य र शिक्षाको लगानीले हौसला थपिने छ। परिवारमा मनमुटाव हुने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। श्रमको मूल्य प्राप्त हुनेछ ।

मिथुन : दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। लगानी गरेको क्षेत्रमा चिट्ठा पर्ने दिन छ।

कर्कट : दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह : दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। अनावश्यक यात्रामा समय र पैसा खर्च हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ र सहयोग मिल्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धीको व्यापारबाट नाफा हुनेछ। काम सहज बन्नेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। धार्मिक यात्रा हुने योग छ।

तुला : दिन राम्रो छ। मानसम्मान मिल्नेछ । शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कलाको क्षेत्रमा उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारको विवादबाट जोगिएर काम गर्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। सानो कुराले धेरै सताउने जोखिम रहेको छ। राजनीति र शिक्षामा सुधारका संकेत देखिने छन्। व्यापारमा मिहिनेतको फल प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ आयाम थपिने छन्। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको एकताले मन शान्त भए पनि परिवारको विवादले मन अशान्त बन्नेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। एकल लगानीले घाटा हुने जोखिम छ।

कुम्भ :आज पठनपाठनमा रुची बढ्नेछ । कतै नतिजा कुरेको भए तपाईको पक्षमा नतिजा आउनेछ ।  धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।

मीन : दिन सामान्य छ। आज विवाद बढ्ने भएकाले थोरै बोल्नु उचित हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र स्वास्थ्यमा ढिलासुस्ती हुनेछ। रोजगारीका क्षेत्रमा सहकर्मीसँग विवाद बढ्नेछ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ५ : ३३ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब