भारतद्वारा युक्रेनबाट १० हजार ८ सय नागरिकको उद्धार « Khabarhub

भारतद्वारा युक्रेनबाट १० हजार ८ सय नागरिकको उद्धार


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले युक्रेनमा जारी युद्धमा फसेका आफ्ना १० हजार ८ सय नागरिकलाई स्वदेश फिर्ता गरेको छ । अपरेशन गंगाको नामबाट भारतीय नागरिकलाई स्वदेश फिर्ता गरिएको भारतको केन्द्र सरकारले जनाएको छ ।

भारतीय वायुसेनाका तीन सी–१७ विमान तथा १४ नागरिक उडानबाट भारतीयहरूलाई स्वदेश ल्याइएको हो । भारत सरकारका अनुसार भारतीय वायुसेनाका सी–१७ विमानले ६ सय ३० तथा अन्य नागरिक उडानबाट ९ हजार ३ सय ६४ भारतीय नागरिकलाई उद्धार गरेको हो ।

यसबाहेक भारतले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई ९.७ टन राहत सामग्री समेत पठाएको जनाइएको छ ।

केही दिनअघिमात्रै पूर्वी युक्रेनको खार्किब शहरमा भएको गोलाबारीका क्रममा एक भारतीय नागरिकले ज्यान गुमाएपछि भारत सरकारले आफ्ना नागरिकको उद्धारमा तदारुकता देखाएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : २० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान