स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ: नेता पौडेल « Khabarhub

स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ: नेता पौडेल


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताएका छन् ।

पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११ औँ स्मृति सभाका अवसरमा आज नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले  याे धारणा व्यक्त गरेका हुन् । ‘केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन, स्थानीय तहले नै आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन गर्न सक्छ’ उनले भने ।

नेता पौडेलले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि भ्रष्टाचार रोक्नुपर्ने बताए । आगामी निर्वाचनमा कांग्रेसले भ्रष्टाचार विरुद्धको एजेण्डालाई अगाडि सार्नुपर्ने उनको भनाइ थियो । ‘स्थानीय तहले विकासलाई गाउँगाउँमा लगेका छन्, विकाससँगै भ्रष्टाचार पनि बढिरहेको छ, यसलाई कांग्रेसले रोक्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ३२ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि