एमसीसी पास भएसँगै विश्व अर्थतन्त्रबाट अलग्गिने खतरा टर्‍याे : गृहमन्त्री खाँण « Khabarhub

एमसीसी पास भएसँगै विश्व अर्थतन्त्रबाट अलग्गिने खतरा टर्‍याे : गृहमन्त्री खाँण


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता संसद्बाट पारित भएपछि नेपाल विश्व अर्थतन्त्रबाट अलग्गिने खतराबाट जोगिएको बताएका छन् ।

भैरहवास्थित पक्लिहवा माविको वार्षिकोत्सवमा आज गृहमन्त्री खाँणले भने,  ‘एमसीसी यदी पास नगरेको भए डलर सञ्चिती घट्दै जान्थ्यो । डलरको कारोबारमा सङ्कट आउँथ्यो जसले विश्व अर्थतन्त्रबाट नेपाल अलग्गिने खतरा थियो । त्यो अवस्थामा डलर चलाउन नसकिने अवस्था हुन्थ्यो । यसैले यी जटिलताबाट मुलुक जोगिएको छ ।’

उनले एमसीसीबारे अनावश्यक भ्रम फैलाएको तर्क गर्दै सडक र विद्युतको क्षेत्रमा काम गर्ने गरी सरकारले एमसीसी सम्झौता गरेको स्पष्ट पारे ।

उनले भने, ‘पहिलो चरणमा विद्युत र बाटोको सडक स्तरोन्नतिका लागि सहयोग आएको हो । मन्त्री खाँणले एमसीसी सैन्य प्रयोजनमा नजानेसमेत जानकारी दिए । उनले भने ‘यो सहयोग कुनै सैन्य प्रयोजनमा जाँदैन । पाँच वर्षभित्र सम्पूर्ण रकम सदुपयोग होस्, कुनै अनियमितता नहोस्, सडक र विद्युत् ट्रान्समिशन टावर निर्माणमा खर्च होस् भनेर केही कन्डिसन राखेको हो । यो ऋण होइन, सहयोग हो ।’

नेपाली काँग्रेसका खाँणले अनावश्यक विरोध गर्दा विदेशी सहयोग रोकिएको स्मरण गर्दै भने, ‘अरुण तेस्रो धेरै विरोध गरेर त्यो योजना सफल भएन, काली गण्डकी परियोजनामा पनि त्यस्तै विरोध भयो, परियोजना सुरु नहुँदै धेरै जुलुस निस्किए तर परियोजनास्थलकै जनताकै कारण त्यो बल्ल चल्यो, अनि यतिबेला फेरि एमसीसीको विरोध चलेको थियो ।

गृहमन्त्री खाँणले पक्लिहवा माविकै कारण बस्ती विकास, शैक्षिक अवस्था सुधार भएको बताए । उनले पक्लिहवा माविको विकासको लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्ने तथा सङ्घीय सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका शिक्षा, खेलकुदमन्त्री वसिउद्विन खानले विद्यालय सुधार कार्यक्रमका लागि प्रदेश सरकार लागि परेको बताए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ, कर्मचारी, शिक्षकलगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ४६ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम