भ्रमबाट टाढा रहन नेपाली सेनाको आग्रह « Khabarhub

भ्रमबाट टाढा रहन नेपाली सेनाको आग्रह


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पुर्‍याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ ।

सेनाले आज साँझ विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रबिन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवम् विधिसम्मत् चल्ने अराजनीतिक छवि भएको संस्थाप्रति भएको भ्रमबाट टाढै रहन अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रमबाट टाढा रहन र अरुलाई पनि टाढा राख्न लगाउनुहुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’

विगत केही समययता सैनिक मूल नेतृत्व एवम् नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसँग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषय नेपाली सेनासँग जोडी आफ्नो निहीत स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्देश्यले यस्ता समाचार र सन्देश प्रचार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यम विशेष गरी अनलाइन मिडिया तथा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, आदि) मा नक्कली परिचय बनाइ भ्रामक एवम् कपोकल्पित समाचार एवम् सन्देश सम्प्रेषण भइरहेप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएकोछ ।’

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ४१ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम