भ्रमबाट टाढा रहन नेपाली सेनाको आग्रह « Khabarhub

भ्रमबाट टाढा रहन नेपाली सेनाको आग्रह


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पुर्‍याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ ।

सेनाले आज साँझ विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रबिन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवम् विधिसम्मत् चल्ने अराजनीतिक छवि भएको संस्थाप्रति भएको भ्रमबाट टाढै रहन अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रमबाट टाढा रहन र अरुलाई पनि टाढा राख्न लगाउनुहुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’

विगत केही समययता सैनिक मूल नेतृत्व एवम् नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसँग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषय नेपाली सेनासँग जोडी आफ्नो निहीत स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्देश्यले यस्ता समाचार र सन्देश प्रचार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यम विशेष गरी अनलाइन मिडिया तथा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, आदि) मा नक्कली परिचय बनाइ भ्रामक एवम् कपोकल्पित समाचार एवम् सन्देश सम्प्रेषण भइरहेप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएकोछ ।’

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ४१ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर