भक्तपुर नगरपालिकाद्वारा बजार अनुगमन « Khabarhub

भक्तपुर नगरपालिकाद्वारा बजार अनुगमन


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर  बजारमा कालोबजारी भएको गुनासो आएपछि भक्तपुर नगरपालिकाले नियमित झै पुनःबजार अनुगमन सुरु गरेको छ ।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक क्षेत्रका आठ वटा पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका र अस्वस्थ्य खाद्यान्न नष्ट गरिएको छ ।

अधिकांश पसलमा मूल्य सूची नराखेको, मनोमानी मूल्य लिएको, खाद्य विभागबाट अनुमति नलिई जथाभावी मिति राखेर प्याकेजिङ गरिएको, म्याद गुज्रेका खाद्य सामान बिक्री कक्षमा राखिएको, ढक तराजु नवीकरण नगरेको, पसल दर्ता नगरेको, पसलमा जथाभावी फोहर गरिएका, कामदारलाई एप्रोन, हेयरनेट र ग्लोब प्रयोग नगराएको पाइएको छ ।

नगरपालिकाले मार्केट प्लेस प्रालिमा म्याद नाघेका सौन्दर्यका  सामान बिक्रीमा राखिएको, मेगा मार्टमा जथाभावी राखेको, म्याद नाघेका सामान बिक्री कक्षमा राखेको, दर्ता नगरेको डी.एम.सी. किचेनमा पसल तीन दिनभित्र दर्ता गर्ने, ग्राहकलाई भ्याट बिल दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

दुनोट पसललगायत अन्य पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दियो । अनुगमन टोलीले बेष्ट भेराइटीमा म्याद नाघेको सामान जुस, आँटा, रोजमेरी, भ्यासिलिन, बिस्कुट, चिप्स, ल्याक्टोजेन, सेरलेक, फाण्टा जफत गरी नष्ट गरेको उनले जानकारी दिए ।

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक क्षेत्रका आठ वटा पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका र अस्वस्थ्य खाद्यान्न नष्ट गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ३४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान