भक्तपुर नगरपालिकाद्वारा बजार अनुगमन « Khabarhub

भक्तपुर नगरपालिकाद्वारा बजार अनुगमन


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर  बजारमा कालोबजारी भएको गुनासो आएपछि भक्तपुर नगरपालिकाले नियमित झै पुनःबजार अनुगमन सुरु गरेको छ ।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक क्षेत्रका आठ वटा पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका र अस्वस्थ्य खाद्यान्न नष्ट गरिएको छ ।

अधिकांश पसलमा मूल्य सूची नराखेको, मनोमानी मूल्य लिएको, खाद्य विभागबाट अनुमति नलिई जथाभावी मिति राखेर प्याकेजिङ गरिएको, म्याद गुज्रेका खाद्य सामान बिक्री कक्षमा राखिएको, ढक तराजु नवीकरण नगरेको, पसल दर्ता नगरेको, पसलमा जथाभावी फोहर गरिएका, कामदारलाई एप्रोन, हेयरनेट र ग्लोब प्रयोग नगराएको पाइएको छ ।

नगरपालिकाले मार्केट प्लेस प्रालिमा म्याद नाघेका सौन्दर्यका  सामान बिक्रीमा राखिएको, मेगा मार्टमा जथाभावी राखेको, म्याद नाघेका सामान बिक्री कक्षमा राखेको, दर्ता नगरेको डी.एम.सी. किचेनमा पसल तीन दिनभित्र दर्ता गर्ने, ग्राहकलाई भ्याट बिल दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

दुनोट पसललगायत अन्य पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दियो । अनुगमन टोलीले बेष्ट भेराइटीमा म्याद नाघेको सामान जुस, आँटा, रोजमेरी, भ्यासिलिन, बिस्कुट, चिप्स, ल्याक्टोजेन, सेरलेक, फाण्टा जफत गरी नष्ट गरेको उनले जानकारी दिए ।

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक क्षेत्रका आठ वटा पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका र अस्वस्थ्य खाद्यान्न नष्ट गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ३४ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको