श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ « Khabarhub

श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अफिसियल, प्रशिक्षक तथा खेलाडीसहितको टिमलाई बिदाइ गरेका हुन् ।

मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै यूएई जाने तालिका रहेको छ ।

सोही प्रयोजनका लागि नेपाली टिम शनिबार बिहान श्रीलंकातर्फ प्रस्थान गर्ने क्यानले जनाएको छ ।

खेलाडीहरूलाई बिदाइ गर्दै मन्त्री गहतराजले क्रिकेटबाट राज्यले धेरै अपेक्षा गरेको भन्दै उत्कृष्ट नतिजा प्राप्तिमा आफू ठुक्क रहेको बताए ।

नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले नेपालका लागि अबको चुनौती भनेको एक दिवसीय मान्यतालाई जोगाउनु रहेको बताए ।

बिदाइ गरिएको नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम शार्की समेटिएका छन् । त्यसैगरी मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, म्यानेजर कैलाश विष्ट, फिजियो बिक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मासमेत श्रीलंका जाँदै छन् ।
बिदाइ कार्यक्रममा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ५९ बजे

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९०

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि

गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा