१६ वटा युट्युव च्यानललाई कारबाही गर्न काउन्सिलबाट सिफारिस « Khabarhub

१६ वटा युट्युव च्यानललाई कारबाही गर्न काउन्सिलबाट सिफारिस


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानलमाथि कारबाहीको सिफारिस गरेको छ ।

काउन्सिलले यी च्यानलहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरेको हो ।

शुक्रबार काउन्सिलले विज्ञप्ति निकाल्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ ।

काउन्सिलले भनेको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ । जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५ (११), ५ (४) र ४ (९) को ठाडो उल्लंघन भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : १७ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र