युद्ध हारेपछि युक्रेनी राजधानी किभ नजिकैबाट भाग्न थाले रुसी सेना | Khabarhub Khabarhub

युद्ध हारेपछि युक्रेनी राजधानी किभ नजिकैबाट भाग्न थाले रुसी सेना

किभ नजिकैबाट फर्किएका रुसी सैनिकहरूले युद्ध अपराध गरेको आरोप



युक्रेनको राजधानी किभ नजिकै आइपुगेका रुसी सेना युक्रेनी सैनिकको सशक्त प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् । किभलाई घेरा हालेर आक्रमणको केही घण्टामै राजधानी प्रवेश गर्ने र राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको सरकार अपदस्थ गर्ने रणनीतिसाथ राजधानी नजिकै पुगेका सेना युक्रेनीको लगातारको एक महिना लामो प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् ।

किभ नजिकैका सबै रणनीतिक क्षेत्रहरूमा रुसी सेनालाई हराउँदै युक्रेनी सेनाले पुन आफ्नो नियन्त्रणमा ल्याउन सफल भएका छन् । किभ नजिकैका इर्पिन, बुचा, होस्टोमेल लगायतका क्षेत्रमा केही हप्ताको भीषण भिडन्तपछि रुसी सेनालाई हराउँदै युक्रेनी सेनाले नियन्त्रणमा लिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

रुसी नियन्त्रणमा रहेका दक्षिणी युक्रेनी शहरहरूमा पनि युक्रेन समर्थन प्रदर्शनकारीले रुसी नियन्त्रणका विरोधमा लगातार प्रर्दशन गरिरहेका छन् । प्रदर्शन दबाउन रुसी सेनाले हिंसात्मक उपाय अवलम्बन गरिरहेको र आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् ।

युक्रेनमा अपेक्षित सैन्य सफलता हासिल गर्न नसकेपछि रुसी सेनाले अन्धाधुन्द आक्रमण जारी राखेको छ । युक्रेनी तेल भण्डारहरूमा रुसले लगातार आक्रमण गरिरहेको छ। युक्रेनी तेल भण्डारहरुमा रुसले गरेको आक्रमणले निभाउन युक्रेनी आकस्मिक सेवाका कर्मचारीहरूलाई हम्मे हम्मे परिरहेको छ ।

युक्रेनी सशक्त प्रतिरोधप्रति फर्कन बाध्य भएका रुसी सेनाले फर्कने क्रममा माइन लगायत धरापहरु राखेर हिँडेका छन् । आन्दोलनकारीलाई तितरबितर पार्न कतिपय स्थानमा रुसी सेनाले स्टन ग्रिनेड लगायत हतियार प्रहार गरिरहेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी लगायत सम्पूर्ण क्षेत्र कब्जा गर्ने उदेश्यमा असफल भएपछि रुसी सेना युक्रेनको पूर्वी भाग कब्जा गरी मुलुक टुक्राउन सक्रिय रहेको हुनसक्ने विश्लेषकहरूको भनाइ छ ।

किभ नजिकैको बुचा सहरमा फेब्रुअरी २६ मै बुचा आइपुगेको रुसी सेनासँग युक्रेनीले राजधानी जोगाउन सशक्त प्रतिकार गरेका थिए ।

रुसी सेना राजधानी किभतर्फ अघि बढ्न सयौँ रुसी सेनाका ट्याङ्क र बख्तरबन्द गाडीका लस्करलाई नै युक्रेनी सेनाले ध्वस्त पारिदिएका थिए ।

रुसी सेनाले किभ नजिकैको होस्टोमेल विमानस्थलमा समेत सशक्त प्रतिकार गरी रुसी सैनिकहरूका बख्तरबन्द गाडी, ट्याङ्क लगायत हातहतियार ध्वस्त पारिदिएका थिए । भने स्थलका सेनालाई सहयोग गर्न आएका रुसी युद्धविमान र हेलिकोप्टर समेत खसालिएका थिए ।

युक्रेनी सेनाले ड्रोन, विमानभेदी बन्दुक लगायत हतियारबाट रुसी सेनाका लस्करहरू ध्वस्त पारिदिएपछि रुसी सेना एक महिनादेखि अघि बढ्न सकेका थिएनन् । रुसी सेनाहरूबाट यो सहरमा लस्करै अघि बढिरहेको युक्रेनी सेनालाई धरापमा पार्ने देखी सशक्त आक्रमण गरि पछि हट्न बाध्य पारेका छन् ।

युक्रेनी सेनासँग देशलाई रुसी नियन्त्रणबाट जोगाउन हजारौं सर्वसाधारण स्वयंसेवकको रुपमा हातमा बन्दुक बोकेर रुसी सेनाविरुद्ध लड्न गएकाले पनि रुसी सेना हतोत्साहित बनी पछि हट्न बाध्य भएका हुन् ।

आक्रमणकारी रुसी सेनाका लागि युक्रेन आक्रमणको फलामको च्यूरा बनाएको छ। दैनिक सयौँ रुसी सैनिकहरू मारिरहेका छन् भने युद्ध सामाग्रीहरू नष्ट भइरहेका छन् । युक्रेनले अहिलेसम्म १८ हजार आक्रमणकारी रुसी सैनिक मारिदिएको दाबी गरेको छ ।

रुसी सेनाका ट्याङ्क, बख्तरबन्द गाडीहरू, तोपखाना, हवाई प्रतिरक्षा प्रणाली, विमानभेदी युद्ध प्रणाली, युद्धविमान, हेलिकप्टर, इन्धन ट्याङ्क, लगायत उपकरणहरू युक्रेनी सेनाले लगातार ध्वस्त पारिदिएका छन् ।

युक्रेनी नगर बुचामा हारेर फर्केका रुसी सेनाले आम हत्या लगायत युद्ध अपराध गरेको अन्तर्राष्ट्रिय मानवअधिकार सङ्घसंस्थाले आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले युद्ध अपराध गरेको आरोप लगाएका छन् ।

युक्रेनका स्थानीय अभियोजकहरूले चार सय भन्दा बढी सर्वसाधारणको शवहरू किभ नजिकैका नगरहरूमा फेला परेको बताएका छन् । जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले सर्वसाधारणमाथि रुसी हमलाले स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। युरोपेली आयोगले रुसविरुद्धको थप प्रतिबन्धहरू लगाउने जनाएको छ ।

युक्रेन आक्रमण गरेको डेढ महिना पुग्न लाग्दा आफ्नो उद्देश्य प्राप्त गर्न असफल भएको रुसले अन्धाधुन्ध आक्रमण गर्दा युक्रेनका पूर्वाधारहरू ध्वस्त पारिदिएको छ । लगातारको रुसी आक्रमणले सर्वसाधारणको हताहति बढेको छ भने सर्वसाधारणका घरक्षेत्रहरु समेत खरानी बन्दै गएका छन् ।

रुसले आफ्नो युक्रेन युद्ध रणनीति परिमार्जन गर्दै अब डोनबास र पूर्वी युक्रेनका अन्य क्षेत्रहरूलाई मे को शुरु सम्म कब्जामा लिने लक्ष्य राखेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो जित देखाउन युक्रेनमा पूर्वी क्षेत्रलाई खरानी नै बनाएर भएपनि कब्जामा लिनुपर्ने दबाबमा छन् ।

पुटिनले रुसको महत्वपूर्ण दिन मे ९ मा दोस्रो विश्वयुद्धमा नाजी आत्मसमर्पण गरेको दिनको सम्झनामा क्रेमलिन अगाडि विशाल सैन्य परेडका साथ मनाउने समारोहमा यसपटक युक्रेनमा जितेको सन्देश दिन चाहेको ठानिएको छ । पुटिन पूर्वी युक्रेन कब्जा गरी विजयको उत्सव मनाउन चाहेको पश्चिमा अधिकारीहरूको भनाइ छ । रुसले पूर्वी युक्रेनमै कब्जा गरेर विजयी भएको घोषणा गरेपनि वास्तविक विजय उसका लागि धेरै टाढा छ ।

युक्रेनी नागरिकहरू रुसी आक्रमणको विरुद्ध सशक्त प्रतिरोधमा रहेकाले रुसले युक्रेन नियन्त्रणमै लिए पनि पुन अर्को छापामार युद्धको सामना गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय जगतबाट एक्लिएको र कठोर नाकाबन्दी सामना गरिरहेको रुसले लामो समय युक्रेन युद्ध धान्न समेत कठिन हुने कतिपय विश्लेषकहरूको धारणा छ । रुसी राष्ट्रपति भ्लादीमिर पुटीनको अहंकारले शुरु भएको युक्रेन युद्ध कसरी अन्त्य हुन्छ अहिलेसम्म स्पष्ट भइसकेको छैन। युद्धका कारण संसारभर मंहगी बढेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : ५६ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको