सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित) « Khabarhub

सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरुसंग चाडै प्रसन्न हुन्छन्।

सोमबारको दिन राखिने ब्रतलाइ सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ।

संहारका पनि देवताः
जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ। त्यही उनलाई संहारको देवता पनि मानिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन्। अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ।

सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन्। त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन्। उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन्।

शिवको नामको प्रभावः

सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ। यि नामहरु यस प्रकार छन।

ऊं अघोराय नमः

ऊं शर्वाय नमः

ऊं विरूपाक्षाय नमः

ऊं विश्वरूपिणे नमः

ऊं त्र्यम्बकाय नमः

ऊं कपर्दिने नमः

ऊं भैरवाय नमः

ऊं शूलपाणये नमः

ऊं ईशानाय नमः

ऊं महेश्वराय नमः

शिव पूजा विधि

सोमवार शिव पूजनका लागि प्रातः स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस्। त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ। जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ। पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौँ।

मन्त्र

ऊं नमः शिवाय ,

नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः

ऊंनमो नीलकण्ठाय

ऊं पार्वतीपतये नमः

ऊं पशुपतये नमः

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ५८ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने