आईपीएल : चेन्नईको लगातार तेस्रो हार, पञ्जाब विजयी « Khabarhub

आईपीएल : चेन्नईको लगातार तेस्रो हार, पञ्जाब विजयी


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा साविक विजेता चेन्नई सुपर किङ्स कमजोर देखिएको छ। उसले लगातार तेस्रो हार खाएको छ। आइतबार पन्जाबसँग चेन्नई ५४ रनले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो। चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले। महेन्द्र सिंह धोनीले २३ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।

पन्जाबका राहुल चाहरले ३ तथा लियाम लिभिङस्टोन र भैबब अरोराले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।
पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ्स खेले भने शिखर धवन ३३ र जितेश शर्माले २६ रन जोडे।

चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए। यो पञ्जाबको दोस्रो जित हो। तीन खेल खेलको पञ्जाबले चार अंक जोडेको छ। चेन्नईले भने समान खेल खेले पनि खाता खोल्न सकेको छैन।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ०९ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको