धेरै समय सताउनसक्छ ‘लङ कोभिड’ ले | Khabarhub Khabarhub

धेरै समय सताउनसक्छ ‘लङ कोभिड’ ले


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै जनालाई कोभिड सङ्क्रमण सकिसकेको महसुस हुनसक्छ। भर्खरै कोभिड भएकालाई पनि अब सबै ठिक भइसकेको भान हुनसक्छ। तर, यथार्थ फरक छ। अहिले संसार नै लङ कोभिडको असरमा छ। संसारका धेरै मानिस कमसेकम एक पटक कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन्। यस मध्यका धेरै मानिसलाई अहिले लङ कोभिडको असर देखिन थालेको छ। बेलायतका निल रोबिन्स अहिले पनि आफूलाई लङ कोभिडको असर भएको र यसबाट मुक्ति पाउन प्रयास गरिरहेको बताउँछन्। ‘मेरो चासो भनेको अहिले यसबाट कसरी मुक्ति पाउने भन्ने भन्ने नै हो,’ उनले भने।

जो हाउस पनि यस्तै समस्यामा छिन्। भिन्न खालको शारीरिक असर उनमा पनि देखिन थालेको छ। ‘मेरो आगामी जीवन कसरी अगाडि बढ्छ भन्ने कुरामा म सोच मग्न छु,’ उनले भनिन्।

बेलायतका निल रोबिन्स अहिले पनि आफूलाई लङ कोभिडको असर भएको र यसबाट मुक्ति पाउन प्रयास गरिरहेको बताउँछन्। ‘मेरो चासो भनेको अहिले यसबाट कसरी मुक्ति पाउने भन्ने भन्ने नै हो,’ उनले भने।

जोन डिउसा रिचर्ड पनि पुरा ठिक भएका छैनन्। उनी विस्तारै ठिक हुँदै छन्। कोरोना सङ्क्रमण भएको एक वर्षसम्म पनि उनी आफ्नो बच्चा जस्तै बेलुका पुस्तक पढेर बस्न सक्दैनन्। उनको छाती चसक्क गरेको महसुस हुन्छ। योक्रम विस्तारै कम हुँदैछ। उनलाई जोर्नी दुख्ने, टाउको दुख्ने र श्वासप्रश्वासमा असहज हुने समस्या त बिस्तारै गयो। तर, थकाइ लाग्ने क्रम भने रोकिएको छैन।

बच्चासँग रमाइलो गरेर खेल्नका लागि पनि उनका लागि योजना नै बनाउनुपर्छ। ‘हरेक समय म अब ठिक भइसकेको हुँ कि जस्तो लाग्छ। तर, जब केही गर्न खोज्छु थाकेको जस्तो भान हुन्छ,’ उनले भने।

लङ कोभिड हुनेको धेरै फरक अनुभव छ। यसका मुख्य असर थकाइ, मांसपेशीमा दुखाई तथा मस्तिष्क पूर्ण ठिक नहुने हो। मतलब केही कुरा बिर्सिए जस्तो हुने समस्या पनि धेरैलाई देखिएको छ।

कोभिडको दीर्घकालीन असर पनि हुनसक्छ। यी समस्या कमैमा देखिएका छन्। पाचन प्रणालीमा गडबडी, रातमा पसिना आउने, निराशापन र कपाल झर्ने समस्या पनि यदाकदा भेटिएका छन्।

कोभिडको दीर्घकालीन असर पनि हुनसक्छ। यी समस्या कमैमा देखिएका छन्। पाचन प्रणालीमा गडबडी, रातमा पसिना आउने, निराशापन र कपाल झर्ने समस्या पनि यदाकदा भेटिएका छन्।

बेलायतको अफिस फर नेसनल स्ट्याटीक्सको तथ्याङ्क अनुसार प्रत्येक ४० जना मध्यको कम्तीमा एक जनामा कम्तीमा तीन महिनासम्म यी लक्षण कायम रहन्छ। बेलायतमा १५ लाख भन्दा बढीमा लङ कोभिडको असर देखियो। यी नै मध्यका ६ लाख ८५ हजार भन्दा बढीमा एक वर्ष भन्दा लामो समयसम्म कोभिडको असर देखिएको थियो।
युनिभर्सिटी अफ एक्सट्रे र एनएचएस लङ कोभिड टास्क फोर्समा आबद्ध डा. डेभिड स्ट्रोन यो सङ्ख्या अझ थपिँदै जानसक्ने बताउँछन्।

सामान्यतया भाइरल इन्फेक्सनको असर सामान्य लाग्नसक्छ। झट्ट हेर्दा सामान्य देखिए पनि यसले भित्री अङ्गमा धेरै लामो समयसम्म प्रभाव पारेको हुनसक्छ। लङ कोभिडका धेरै असर यस्तै हुन्। तर, अहिले वैज्ञानिकहरूले हाम्रो शरीरका चार क्षेत्रमा यसको सबैभन्दा धेरै असर परेको पत्ता लगाएका छन्।

रगत जम्ने तथा साना रगतका नसा काम नगर्ने अवस्थामा हुने कोभिडको एउटा समस्या हो। नसामा आउन सक्ने यस खालको समस्याले हाम्रो शरीरलाई धेरै लामो समयसम्म सताउन सक्नेछ।

इम्युन सिस्टममा आउने गडबडी लङ कोभिडका कारण भित्रने अर्को प्रमुख समस्या हो। कोभिडकै कारणसमेत मेटाबोलीज्म’लाई समेत असर गर्ने गरेको छ। हाल कोभिड भएका व्यक्तिको लामो समयसम्म महत्त्वपूर्ण अङ्ग कमजोर पनि हुनसक्छ।

कोसीकाको रूपमा हाम्रो शरीरमा साना रगतमा नसा हुन्छन्। लङ कोभिडका कारण रगत जम्ने र कोसीकामा अवरोध पुग्नेहुन्छ। हाम्रो शरीरको हरेक अङ्गमा अक्सिजन र खाने कुरा लैजाने काम यसै कोसीकाले गर्छ।

साथै ‘मेटाबोलीज्म’ ठिक गर्ने तथा शरीरमा फोहोर फ्याँक्ने व्यवस्था मिलाउन पनि कोसीकाको भूमिका हुन्छ। कोशिका बन्द भएमा यसले शरीरमा धेरै अङ्गलाई कमजोर बनाउँछ।

कोसीकाको रूपमा हाम्रो शरीरमा साना रगतमा नसा हुन्छन्। लङ कोभिडका कारण रगत जम्ने र कोसीकामा अवरोध पुग्नेहुन्छ। हाम्रो शरीरको हरेक अङ्गमा अक्सिजन र खाने कुरा लैजाने काम यसै कोसीकाले गर्छ।

मान्छेले आफूलाई सामान्य महसुस गरिरहे पनि विस्तारै अङ्गहरूले थाकेको महसुस गर्छन्। डा. स्ट्रोनकै अनुसार तनाव लिने काम गरेमा धेरै दिनसम्म पनि हामीलाई थकाइको महसुस हुने छ। शरीरमा टोक्सीनको निर्माण हुने र ती सामान्य गतिमा सफा नहुने भएकाले यस्तो समस्या देखिने छ।

अध्ययनले देखाए अनुसार सामान्य सङ्क्रमण हुँदा पनि मस्तिष्कले ०.२ प्रतिशतदेखि २ प्रतिशतसम्म काम गर्न छाड्छ। मस्तिष्क थाकेको जस्तो हनुको कारण भित्र नास भएका कोषहरू फेरि तयार नभएर हो।

हाम्रो शरीरमा कुनै चोट लाग्दा या सङ्क्रमण हुँदा एक खालको ‘इन्फ्लामेसन’ हुन्छ। यसै ‘इन्फ्लामेसन’का कारण इम्युन सिस्टमले पनि राम्रो काम गर्न सक्दैन। कोभिड हुँदा रगतमा हुने प्रोटिनमा पनि यसै किसिमको समस्या हुन्छ। यसको असर लामो समयसम्म रहनसक्छ।

हाम्रो शरीरमा बाह्य तत्त्वलाई आक्रमण गर्न एन्टीबडी तयार हुन्छ। तर, कहिले कहीँ अटोएन्टीबडीजका कारण आफ्नै कोष र अङ्गलाई पनि तीनले निसाना बनाउन सक्छन्। ‘यसरी देखिने मांसपेशीको दुखाई र कमजोरीको मुख्य कारण अटो इम्युनसँग सम्बन्धित समस्या हो। अटो इम्युनका कारण मुटुको चालमासमेत असर गर्नसक्छ ’ युनिभर्सिटी अफ लिचेस्टरका प्राध्यापक क्रिस ब्राइटलिङले भने।

लङ कोभिड भएकाको शरीरबाट भाइरस पुरै गाइसकेको छ या बाँकी नै रहेको छ भन्ने प्रश्न धेरैको मनमा उठ्नसक्छ। हाम्रो शरीरमा कोभिड सङ्क्रमण फोक्सो र खाली स्थानबाट सुरुहुन्छ जहाँ हावाको गति हुन्छ। यसपछि भाइरसले शरीरका अन्य अङ्गलाई पनि प्रभाव पार्न थाल्छ। कुनै भित्री अङ्गमा लामो समयसम्म यो अड्डा जमाएर बस्ने जोखिम पनि हुन्छ।

हाम्रो शरीरमा कोभिड सङ्क्रमण फोक्सो र खाली स्थानबाट सुरुहुन्छ जहाँ हावाको गति हुन्छ। यसपछि भाइरसले शरीरका अन्य अङ्गलाई पनि प्रभाव पार्न थाल्छ। कुनै भित्री अङ्गमा लामो समयसम्म यो अड्डा जमाएर बस्ने जोखिम पनि हुन्छ।

‘रगतको छिद्रमा भाइरस प्रवेश गरेपछि यसको असर लामो समय हुनसक्छ। यस कारण जब हामी सामान्य जीवनमा प्रवेश गर्न खोज्छौ, रुघाका जस्ता लक्षण देखा पर्न थाल्छन्,’ डा. स्ट्रोनले भने। हाम्रो शरीरमा रहेका मिटोचोन्द्रीयाले खानेकुरालाई शक्तिमा बदल्ने कामगर्छ। कोभिड सङ्क्रमणका कारण मिटोचोन्द्रीयाको नास पनि हुनथाल्छ। यसको असर पनि लामो समयसम्म हुनसक्छन्।

लङ कोभिडको असर र यसका औषधिका बारे धेरै अध्ययन भएका छन्। तर, अहिलेसम्म कुनै खास उपचार पत्ता लागेको छैन। प्राध्यापक ब्राइटलिङले इम्युन सिस्टमलाई लक्षित गर्दै ओषधि बनाउने योजना बनाएका छन्। यसैगरी रगत पातलो बनाउने औषधिको पनि परीक्षण आवश्यक भएको चिकित्सकले ठहर गरेका छन्।

अटो इम्युनसँग सम्बन्धित समस्याले सताएमा ल्याबमा बनाएका एन्टीबडीज, भ्याक्सिन तथा एन्टी भाइरल औषधि नै उपयोगी हुन सक्छन्।

ब्राइटलिङका अनुसार अनुशासित र स्वास्थ्य जीवनशैली नै लङ कोभिडको सबैभन्दा राम्रो उपचार हुन सक्ने बताउँछन्। उनकै अनुसार हामी जत्ति स्वास्थ्यकर जीवनशैली बितान सक्छौ, त्यत्ति चाँडो यसको असरले हामीलाई छाड्ने छ।

डा. स्ट्रोन अभ्यासका साथै खानपिनमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक भएकोमा जोड दिन्छन्। अहिले यसै प्रविधि अनुसार अभ्यासलाई बढाउँदै लैजाने र यसको असरबाट चिकित्सकसँग सल्लाह गर्ने क्रम बढेको छ।

अभ्यास र आरामको मात्रा नै यसको सही उपचार भएकोमा बिरामी तथा चिकित्सकको एक मत नै देखिएको छ।यसको असर कत्तिसम्म रहनसक्छ। या कसैलाई जीवनभर लङ कोभिडको असर त देखिने होइन भन्ने पनि बहस सुरु भएको छ।

प्राध्यापक ब्राइटलिङ कोभिड महामारी गए पनि यसको असर लामो समयसम्म शरीरमा रहने चेतावनी दिन्छन्। यस कारण यसबाट बच्न मात्र होइन हाम्रो जीवन यापनको शैलीमा सधैँ सतर्क रहनुको विकल्प नै नभएको उनी बताउँछन्। एजेन्सीको सहयोगमा

जापानमा उपचारको क्रममा। तस्बिरः जापान टाइम्स

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : १२ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत