सांकेतिक तस्बिर

समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

April 04, 2022

काठमाडौँ – काठमाडौँको स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

वाग्मती प्रदेश ०२-०२१ प ६३३१ नम्बरको मोटरसाइकल गए राति डिभाइडरमा ठोक्किएर पल्टिँदा चालकको मृत्यु भएको हो।

दुर्घटनामा परी नुवाकोट घर भई हाल थानकोट बस्ने अन्दाजी २५ वर्षकी लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको र चालकको साथमा सवारी अनुमति पत्रसमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।