कन्नड सुपरस्टार यश अभिनित चलचित्र ‘केजीएफ’को सिक्वेल नयाँ वर्ष २०७९ वैशाख १ मा प्रदर्शनमा आउँदैछ। ‘केजीएफ’ को पहिलो भाग हेरिसकेका दर्शक यसको दोश्रो भागको व्यग्र प्रतिक्षामा छन्। नेपाली मल्टीप्लेक्स हलहरुमा ‘केजीएफ च्याप्टर टु’ प्रदर्शनका लागि वितरकबीच चर्को मोलमोलाई चलिरहेको छ।
केही समयअघि भारतका हलमा ‘कश्मीर फाइल्स’ प्रदर्शन भइसक्दा पनि नेपाली हलहरुमा प्रदर्शन भइरहेको थिएन। जसै, भारतमा यो चलचित्रले पैसा कमाउन थाल्यो, नेपाली हलमा पनि प्रदर्शन भइहाल्यो। यसबाट के स्पष्ट हुन्छ भने चलचित्र राम्रो छ भने त्यसले हल, दर्शक, दाम सबै पाउनसक्छ। आजको वैश्य युगमा ‘चिज’ दामी छ भने, त्यसले दाम पनि कमाइ हाल्छ।
नेपाली चलचित्र उद्योग धरापमा पर्नुको मुख्य कारण हेर्न लायक चलचित्र नबन्नु नै हो। चलचित्र निर्माणको परम्परागत ढरर्राबाट हाम्रो चलचित्र उद्योग अझै मुक्त हुन सकिरहेको छैन। विषयवस्तु छनोटमै कमजोरी छ। प्रविधि कम छैन, तर कथामा कुनै दम छैन। हामीकहाँ अनेकौं रोचक विषयवस्तु हुँदाहुँदै पनि चलचित्र सर्जक माया प्रेमका पुरानै घिसापिटा कथानक, फाइट र गीतको साँघुरो घेराभित्रै देखिन्छन्।
यसबाट के स्पष्ट हुन्छ भने चलचित्र राम्रो छ भने त्यसले हल, दर्शक, दाम सबै पाउनसक्छ। आजको वैश्य युगमा ‘चिज’ दामी छ भने, त्यसले दाम पनि कमाइहाल्छ।
भारतीय निर्माता/निर्देशक पौराणिक, धार्मिक, सांस्कृतिक मिथक, ऐतिहासिक सन्दर्भ र किंवदन्तीलाई चलचित्रमा पस्किन थालेका छन्। ब्रिटिसकालीन भारतका रोचक, मर्मश्पर्शी र लुकेका घटनालाई चलचित्रको विषयवस्तु बनाउने होड छ। साइन्स फिक्सन, क्राइम थ्रिलर मात्र होइन, राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुका कौतुहल जगाउने विषयवस्तुलाई चलचित्रमा प्रस्तुत गर्ने गरिएको छ। मुगल सम्राटक अकबर, उनका पुत्र सलीम र नर्तकी अनारकलीको काथमा आधारित ‘मुगले आजम’बाट सुरु भएको यो क्रम अहिले झन् उन्नत भएको छ।
‘कश्मीर फाइल्स’ का निर्देशक विवेक अग्नीहोत्रीले यसअघि भारतका पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको रहष्यमय मृत्युबारे ‘ताशकन्द फाइल्स’ बनाएका थिए। माहात्मा गान्धीको बारेमा त हलिउड चलचित्र नै बन्यो, जसमा बेन किंग्सलेले गान्धीको उत्कृष्ट अभिनय गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसम्मका जीवनमा आधारित चलचित्र बनिसकेका छन् भने बाँचीरहेकै चर्चित पात्रको कथा फेम चलचित्रमा पस्किएर कमाउने होड पनि छ।
ब्रिटिसकालीन भारतका रोचक, मर्मश्पर्शी र लुकेका घटनालाई चलचित्रको विषयवस्तु बनाउने होड छ। साइन्स फिक्सन, क्राइम थ्रिलर मात्र होइन, राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुका कौतुहल जगाउने विषयवस्तुलाई चलचित्रमा प्रस्तुत गर्ने गरिएको छ।
भारतका सम्राटको द्वन्द्वमा आधारित चलचित्र ‘पद्यमावत’ निर्माण गरेका संजय लिला भन्सालीले बम्बइको कमाठीपुरा रेड लाइट एरीयामा चर्चित नगरबधु गंगुबाइको जीवनमा आधारित ‘गंगुबाइ काठियाबाडी’ बनाएर हालै मात्र कुस्त कमाइ गरे। रक्त चन्दन तस्करीको कथामा ‘पुष्पा’ ले चलचित्र बजार फाँडयो। ‘बाहुबली’ पनि ऐतिहासिक मिथकमै आधारित चलचित्र हो, जसले कमाइको रेकर्ड नै तोड्यो।
ब्रिटिशकालीन कथा ‘आरआरआर’ले बोरा भरी पैसा बोकेर जान नपाउँदै अब ब्रिटिशकालीन सुन खानीको कथा ‘केजीएफ’को दोश्रो भागले पैसा कुम्ल्याउँदैछ। यसबाट के स्पष्ट हुन्छ भने भारतीय दर्शक अब करण जौहर या यश चोपडाले निर्माण गर्ने माया प्रेम र गीत सँगीतमा आधारित चलचित्रबाट वाक्क दिक्क भइसकेका छन्। अहिलेका दर्शक चलचित्रमा कौतुहल, सस्पेन्स मात्र हैन, रोमांचक सत्य घटनाको फिल्मांकन हेर्न चाहन्छन्।
आखिर केजीएफ अर्थात ‘कोलार गोल्ड फिल्ड’ प्रति किन दर्शक आकर्षित छन् ? यसको जवाफ हो, चलचित्रको कथावस्तु। धेरै भारतीयलाई संभवत थाहा थिएन, कोलार भन्ने ठाउँको कथा। कर्नाटक राज्यको कोलार जिल्लामा अवस्थित खानी क्षेत्र, जहाँ बेलायतको औपनिवेशीक कालमा भरमार सुन उत्पादन गरिन्थ्यो।
आखिर केजीएफ अर्थात ‘कोलार गोल्ड फिल्ड’प्रति किन दर्शक आकर्षित छन् ? यसको जवाफ हो, चलचित्रको कथावस्तु। धेरै भारतीयलाई संभवत थाहा थिएन, कोलार भन्ने ठाउँको कथा।
कोलार विश्वकै दोश्रो गहिरो खानी हो, जहाँ १२१ वर्षसम्म सुनको उत्खनन् गरियो। यसक्रममा कोलारबाटै ९ सय टनभन्दा बढी सुन निकालिएको तथ्यांक छ। बैगलोरबाट एक सय किलोमिटरको दुरीमा रहेको कोलार खानीबाटै कुनैबेला भारतमा कुल खपतमध्ये ९५ प्रतिशत सुन निकालिन्थ्यो। तिनताक भारतले अन्य मुलुकबाट सुन आयात गर्दैनथ्यो।
बिगत दुई दशकदेखि कोलार सुन खानी बन्द छ। अचेल करीब अढाई लाख जनसंख्याको सानो सहरका रुपमा रहेको कोलारमा तिनै मानिस बस्छन्, जसका पुर्खा कुनैबेला सुन खानीमा काम गर्थे। सन् २०१८ मा जब चलचित्र ‘केजीएफ’को पहिलो भाग प्रदर्शनमा आयो, त्यसपछि बल्ल मानिसले कोलार भन्ने ठाउँ र सुनखानीका बारेमा थाहा पाए। चलचित्रको कथा र पात्रहरु काल्पनीक भए पनि कोलारको सुन खानी, त्यहाँ काम गर्ने मजदुरमाथिको यातना, शोषण तथा माफीया र राजनीतिक नेतृत्वबीचको द्वन्द्व चाहिँ सत्य हो।
केजीएफको असली कथा
भारतमा ब्रिटिशले कब्जा जमाउनुअघि नै कोलारको जमिनमा सुन भएको तथ्य प्रकाशमा आइसकेको थियो। प्रविधिको विकास नभएकाले ठूलो स्तरमा माइनीङको काम हुन सकिरहेको थिएन। सन् १८७१ मा माइकल लावेल नाम गरेका एक सेवा निवृत्त ब्रिटिश सैनिकले पत्रिकामा प्रकाशित एक रिपोर्टमार्फत थाहा पाए, कोलारमा सुन खानी छ।
पत्रिकामा प्रकाशित रिपोर्ट पढेपछि माइकलले सो क्षेत्रमा गएर सुन उत्खनन गर्ने निधो गरे। नभन्दै उनले केही वर्ष लगाएर त्यहाँ उत्खनन संभाव्यता अध्ययन गरे। सन् १८७५ मा माइनीङका लागि तात्कालीन ब्रिटिश सरकारसँग अनुमति पनि लिए।
कोलर गोल्ड फिल्ड ठूलो क्षेत्रमा फैलिएको थियो। माइकलसँग बृहत मात्रामा माइनिङ गर्ने पैसा थिएन। उनले लगानीकर्ता खोजे। केही समयमै केजीएफमा उत्खनन गर्न ‘जोन टेलर एन्ड सन्स’ नामक एक ब्रिटिश माइनीङ कम्पनी लगानीका लागि अघि सर्यो, जसले सन् १८८० मा केजीएफमा माइनीङ अपरेशनको जिम्मा लियो।
अब भने त्यहाँ धमाधम उत्खनन सुरु भयो। सयौंको संख्यामा मजदुर काममा भिडे। तिनताक माइनिङका लागि प्राविधिक मेशिनरी सामान केही थिएनन्, बिजुलीसमेत थिएन। सबै काम मजदुर आफैले गर्थे। जमिनको निकै गहिराइसम्म खन्ने क्रममा मजदुर दुर्घटनाको सिकार हुन्थे। भारतको सरकारी तथ्यांक अनुसार १२१ वर्षसम्म भएको माइनिङका क्रममा करिब ६ हजार मजदुरको मृत्यु भयो।
सबै काम मजदुर आफैले गर्थे। जमिनको निकै गहिराइसम्म खन्ने क्रममा मजदुर दुर्घटनाको सिकार हुन्थे। भारतको सरकारी तथ्यांक अनुसार १२१ वर्षसम्म भएको माइनिङका क्रममा करिब ६ हजार मजदुरको मृत्यु भयो।
मजदुरहरुकै भरमा कामले तिब्रता नलिएपछि जोन टेलर एन्ड सन्स कम्पनीले त्यहाँ आधुनिक मेशिनको प्रयोग गर्न थाल्यो। त्यो अत्याधुनिक मेशिनबाटै सय वर्षसम्म अर्थात १९९० सम्म त्यहाँ सुन झिक्ने काम चलीरह्यो।
मेशिन आएपछि बिजुली पनि चाहियो। अर्कोतिर खानीभित्र अँधेरा हुने भएकाले खन्न अप्ठयारो भइरहेको थियो। त्यसले कम्पनीले कोलारमा भारतकै पहिलो हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट स्थापना गरियो, जसलाई अचेल ‘कावेरी इलेक्ट्रिक पावर प्लान्ट’ भनिन्छ। जुनबेला विश्वका अधिंकाश भागमा बिजुली पुगेको थिएन, त्योबेला केजीएफमा चाहिँ पूर्ण विद्युतीकरण भइसकेको थियो।
खानीबाट निकालिएको माटो छान्न पानीको खाँचो थियो, यो आवश्यकता पुरा केजीएफको बेथ मंगला सहरभित्र एउटा ठूलो कृत्रिम ताल निर्माण गरियो। सन् १९०२ सम्म आइपुग्दा कोलार सुनखानीबाटै भारतमा खपत हुने ९५ प्रतिशत सुन उत्पादन हुन थाल्यो। आम्दानीसँगै सो क्षेत्रको विकास पनि हुँदै गयो।
खानीमा कार्यरत ब्रिटिश उच्च अधिकारीका लागि त्यहाँ सुविधा सम्पन्न आवास गृहहरु निर्माण गरियो। हेर्दाहेर्दै कोलार एउटा सहरमा परिणत भयो। ठूला र पक्की घर, अस्पताल, क्लब र बजारको विस्तार भयो। ब्रिटिश कोलारलाई ‘मिनी इंगल्याण्ड’ भन्न थाले। यद्यपी, ‘मिनी इंगल्याण्ड’का विस्तारित सुख सुविधा ब्रिटिश अधिकारी र उनका परिवारका लागि मात्र थियो। खानीमा काम गर्ने भारतीय मजदुर ती सुविधाबाट बन्चित थिए।
खानीबाट निकालिएको माटो छान्न पानीको खाँचो थियो, यो आवश्यकता पुरा केजीएफको बेथ मंगला सहरभित्र एउटा ठूलो कृत्रिम ताल निर्माण गरियो। सन् १९०२ सम्म आइपुग्दा कोलार सुनखानीबाटै भारतमा खपत हुने ९५ प्रतिशत सुन उत्पादन हुन थाल्यो।
जोन टेलर एन्ड सन्सले ७६ वर्षसम्म कोलारबाट सुन दोहन गरिरह्यो। भारत स्वतन्त्र भएको ९ वर्षसम्म पनि कोलार सुन खानी ब्रिटिश कम्पनीकै मातहत थियो। सन् १९५६ मा मात्र खानीलाई भारतको कर्नाटक राज्य सरकारले आफ्नो अधिनमा लियो। सन् १९७२ मा ‘भारत गोल्ड माइन्स लिमिटेड’को स्थापना भयो र केजिएफमा हुन सुन उत्खनन् यसकै मातहत राखियो।
प्रारम्भिक दिनमा उत्खनन् हुँदा यो खानीको माथिल्लो सतहमा मात्र सुन भेटिन्थ्यो। समय बित्दै जाँदा खानी गहिरो हुँदै गयो। भारत सरकारको मातहत आउँदासम्म खानीको गहिराइ तीन किलोमिटरसम्म पुगेको थियो। यसै कारण एजिएफलाई विश्वकै दोश्रो सबैभन्दा गहिरो खानी मान्ने गरिएको छ। यति गहिरो खानीमा मजदुरलाई काम गर्न निकै कठिनाइ हुन्थ्यो, जहाँ ५० डिग्री सेल्सियस तापक्रममा मजदुरले काम गर्नुपथ्र्यो।
लगानीको तुलनामा सुन निकै कम निस्किन थालेपछि सन् २००१ मा यो खानीलाई सदाका लागि बन्द गरियो। खानी बन्द भएपछि त्यहाँ कार्यरत मजदुर रातारात बेरोजगार भए। पानी र बिजुली पनि नियमित आपूर्ती हुन छाड्यो। कुनैबेला ‘मिनी इंगल्याण्ड’ मानिने कोलार अचेल खण्डहरजस्तै देखिन्छ।
कोलारको यही ऐतिहासिक आधारमा टेकेर चलचित्र ‘केजीएफ’का दुई भाग निर्माण गरिएको हो। ‘केजीएफ’को पहिलो भागमा कोलार सुन खानीमा काम गर्ने एक मजदुर दम्पतीमाथिको बिपत्ति र उनीहरुबाट जन्मिएको अनाथ छोरा रकीको कथा छ।
आमाले मर्नेबेलामा बालक रकीलाई भनेकी हुन्छिन्, ‘यो संसारमा पैसाबिना बाँच्न मात्र हैन, आरामले मर्नसमेत पाइदैन। तिमी कसरी बाँच्छौ, त्यो त म भन्न सकिन्न, तर, जसरी पनि संसारकै धनी मानिस भएर मर्नु।’
कोलारको यही ऐतिहासिक आधारमा टेकेर चलचित्र ‘केजीएफ’का दुई भाग निर्माण गरिएको हो। ‘केजीएफ’को पहिलो भागमा कोलार सुन खानीमा काम गर्ने एक मजदुर दम्पतीमाथिको बिपत्ति र उनीहरुबाट जन्मिएको अनाथ छोरा रकीको कथा छ।
रकीको मिसन हुन्छ, जसरी पनि धनी हुने। बम्बइका विभिन्न माफीया गिरोहलाई परास्त गर्दै रकी अन्ततः माफीया डनको आर्थिक मुहान कोलार गोल्ड फिल्डसम्म पुग्छन्। यो चलचित्रको पहिलो भागमा रकीले केजीएफमाथि कब्जा जमाएको कथा छ। अब प्रदर्शनमा आउन लागेको चलचित्रमा चाहिँ केजीएफमाथि नायक अर्थात् डन रकीले कब्जा जमाएपछिको कथा छ। यसर्थ पहिलो सिक्वेलको अन्त्यमै भनिएको थियो, ‘केजीएफको असली कथा छ अब सुरु हुँदैछ।’
आखिर कोलार खानीमा सुन उत्खनन बन्द भए पनि चलचित्रकर्मीले सोही विषयवस्तु उत्खनन गरेर हलबाटै सुन कमाइरहेको छन्। चलचित्रको विषयवस्तुको सुन खानी पहिल्याउन सक्नु चलचित्रकर्मीको ठूलो सफलता हो। ‘केजिएफ’ अब चलचित्रमा सुन निकाल्दैछ।
हामीसँग पनि छन् विषयका खानी
बलिउड, हलिउड र दक्षिण भारतीय चलचित्रको हिन्दी डबीङका कारण नेपाली चलचित्रले हलमा शो पाउनै मुस्किल भइरहेको छ। नेपाली चलचित्र निर्माताका लागि यतिबेला दक्षिण भारतीय चलचित्र टाउको दुःखाइका विषय भएका छन्। तर, सत्य के हो भने, मनोरंजनका दुनियामा देश, भाषा र भूगोलको कुनै सीमा रहेन।
नेपाली दर्शक आफूलाई मनपर्ने संसारका जुनसुकै भाषाका चलचित्र हेर्नसक्ने भएका छन्। अनि विश्वका अन्य दर्शक पनि सँसारको जुनसुकै कुनामा बन्ने राम्रा चलचित्र खोजी खोजी हेर्छन्। सयौं पटक लेखियो होला, फेरि पनि लेखौं, नेपाली चलचित्रको दुःख एउटै हो, हेर्न लायक चलचित्र नबन्नु।
श्री ३ जंगबहादुर राणाले कोतपर्व मच्चाएको घटनालाई मात्र डिटेलमा जीवन्त ढंगले चलचित्रमा प्रस्तुत गर्न सकिन्छ। कसैले बनाओस् त ‘कोतपर्व’, दर्शकको ओइरो लाग्छ। तर, समस्या हो, हामीकहाँ यस्तो चलचित्र बनाउने ल्याकत भएको को छ ?
हामीसँग चलचित्र बनाउन अनेक विषय छन्। ऐतिहासिक विषय त कति छन् कति। श्री ३ जंगबहादुर राणाले कोतपर्व मच्चाएको घटनालाई मात्र डिटेलमा जीवन्त ढंगले चलचित्रमा प्रस्तुत गर्न सकिन्छ। कसैले बनाओस् त ‘कोतपर्व’, दर्शकको ओइरो लाग्छ। तर, समस्या हो, हामीकहाँ यस्तो चलचित्र बनाउने ल्याकत भएको को छ ?
केही समयअघि वीपी कोइरालाको चर्चित उपन्यास ‘सुम्निमा’ निर्माण हुने खुबै हल्ला चलेको थियो। बिपीको फ्रायडवादी यति गहन उपन्यासलाई चलचित्रमा रुपान्तरण गर्ने पटकथाकार, निर्देशक र मुख्य भूमिका निर्वाह गर्नसक्ने कलाकारको त्रिवेणी जुर्नु भनेको चानचुने कुरा थिएन। तर, अहिलेसम्म कसैले बनाउन सकेका छैनन्।
नेपालमा ‘बसन्ती’, ‘सेतो बाघ’, ‘प्रेम पिण्ड’, ‘सीमारेखा’, ‘झोला’, ‘बलिदान’ र हालैको ‘कठपुतली’ले ऐतिहासिक विषयवस्तुलाई चलचित्रमा समेटेको भए पनि हामीकहाँ यस्ता अनेकौं ऐतिहासिक, पौराणिक र सामाजिक सन्दर्भ छन्, जसलाई चलचित्रमा ल्याउन बाँकी नै छ। श्री ३ जंगबहादुर, भीमसेन थापा, पृथ्वी नारायण शाह, बलभद्र, अमर सिंह, भक्ती थापादेखि योगमायासम्मका जिवन कथामा आधारित रहेर रोचक चलचित्र निर्माण गर्न सकिन्छ।
नेपालमा ‘बसन्ती’, ‘सेतो बाघ’, ‘प्रेम पिण्ड’, ‘सीमारेखा’, ‘झोला’, ‘बलिदान’ र हालैको ‘कठपुतली’ले ऐतिहासिक विषयवस्तुलाई चलचित्रमा समेटेको भए पनि हामीकहाँ यस्ता अनेकौं ऐतिहासिक, पौराणिक र सामाजिक सन्दर्भ छन्, जसलाई चलचित्रमा ल्याउन बाँकी नै छ।
संजय लिला भन्सालीले चलचित्र ‘पद्यमावत’मा दिल्लीका राजा अलाउद्दीन खिलबाट आफ्नो अस्मीता जोगाउन चित्तोडकी रानी पद्यमावतीले अग्नी दाह गरेको घटनालाई प्रभावशाली ढँगले प्रस्तुत गरेका छन्। पद्यमावतीको सन्दर्भ त दुइ राज्यको आपसी द्वन्द्वसँग जोडिएको थियो। हामीकहाँ योगमायाको कथा यसभन्दा बेजोड छ।
राणा शासनविरुद्ध आफ्ना अनुयायीसँगै योगमायाले अरुण नदिमा जल समाधी लिएको घटना चलचित्रका लागि एउटा यस्तो उम्दा सत्य कथा हो, जसलाई एउटा कुशल निर्देशकले सुपरहीट चलचित्र बनाउन सक्छ। यसका लागि प्रविधि, पैसाभन्दा बढी कौशल चाहिन्छ। हामीकहाँ यस्तो कौशल भएका निर्माता, निर्देशक, पटकथाकारकै अभाव छ।
पछिल्लो दश वर्षे हिंशात्मक विद्रोहमा आधारित रहेर अनेक एंगलबाट चलचित्र निर्माण गर्न सकिन्छ। चितवनको ‘बाँदरमुढे घटना’मा बसमा यात्रा गरिरहेका कलिला बाल–बालिकाको एउटै चिहान भएको थियो। हामी लोकतन्त्रको दुहाई त दिन्छौं, तर कुनै निर्माता/निर्देशकले हिम्मत गरेर ‘बाँदरमुढे’ शीर्षकमा चलचित्र बनाओस् त, माओबादी युवा नेताहरुले ‘जन कारवाही’का धम्की दिन थालिहाल्छन्। हालै मात्र प्रकाश सपुतको ‘पीर’को म्युजिक भिडियोमाथिको माओवादी प्रतिबन्धात्मक दबाबका कारण हिम्सात्मक विद्रोहका अनेक घटनाबारे चलचित्र बनाउने हिम्मत निर्मातामा नभएको हुनसक्छ।
पछिल्लो दश वर्षे हिंशात्मक विद्रोहमा आधारित रहेर अनेक एंगलबाट चलचित्र निर्माण गर्न सकिन्छ। चितवनको ‘बाँदरमुढे घटना’मा बसमा यात्रा गरिरहेका कलिला बाल–बालिकाको एउटै चिहान भएको थियो।
भारतको कुरा अर्कै छ, त्यहाँ असहिष्णु जमात भए पनि निर्माता निर्देशकमा हिम्मत देखिन्छ। भारतमा संसद भवनलगायत विभिन्न ठाउँमा भएका आतंकबादी आक्रमण, मुम्बई बम विष्फोट आदि विषयमा अनेक कोणबाट चलचित्र बनेका छन् र तिनले पैसा कमाएका छन्। गुजरात दंगाकै बारेमा तीन–चार वटा चलचित्र बनिसकेका छन्।
हामीकहाँ खारा आक्रमण, होलेरी कान्ड, थानकोट आक्रमण, सशस्त्र प्रहरी बलका आईजीपी कृष्णमोहन श्रेष्ठको हत्या, फुजेल हत्याकाण्ड, दोरम्बा हत्या, कृष्णसेन इच्छुकको जेलमै हत्या आदि अनेक घटना छन्, जसको गहिरो अनुसन्धान गरेर उत्कृष्ट चलचित्र बनाउन सकिन्छ। यस्ता चलचित्र केही हदसम्म बिबादमा पनि आउलान्, स्टन्टबाजी पनि होला, तर चलचित्रले भरमार दर्शक तान्नसक्छ, जसरी प्रकाश सपुतको ‘पीर’ले करोड भ्यूज पायो।
‘डाँडाको वरपिपल’, ‘म यस्तो गीत गाउँछु’ या ‘ए मेरो हजूर’जस्ता चलचित्रले न त दक्षिण भारतको ‘आरआ’लाई टक्कर दिनसक्छन्, न अब केही दिनमै प्रदर्शनमा आउने ‘केजीएफ’ दोश्रो भागलाई। हलीउड, बलिउड र दक्षिण भारतीय चलचित्रको दबदबाबाट नेपाली दर्शकलाई नेपाली चलचित्रतर्फ आकर्षित गर्न पक्कै पनि हामीसँग विदेशी चलचित्रमा जस्तो पुँजी, प्रविधि नहोला। ठूलो लगानी र अत्याधुनिक प्रविधिसँग प्रतिश्पर्धा गर्न नसके पनि हामीसँग विषयवस्तु यस्ता छन्, जुन अरुसँग छैनन्।
चलचित्र ‘झोला’ले प्रमाणित गरिसकेकै छ, सती प्रथाको कथालाई चलचित्रमा उनेर। हामीसँग इतिहासका यस्ता रोचक र अनौठो विषय छन्, जसलाई चलचित्रमा कलात्मक ढँगले प्रस्तुत गर्न सके विश्वले हाम्रो चलचित्र हेर्नेछ।
अतः गच्छे अनुसारको लगानी गरेर दर्शक तान्ने विषयवस्तुमा चलचित्र निर्माण गर्नु आवश्यक छ। यसका लागि ठूलो समुदायमा प्रभाव पार्ने, उनीहरुको मन जित्ने र उनीहरुलाई चलचित्र हेर्न बाध्य पार्ने विषयवस्तु रोजौं न। चलचित्र ‘झोला’ले प्रमाणित गरिसकेकै छ, सती प्रथाको कथालाई चलचित्रमा उनेर। हामीसँग इतिहासका यस्ता रोचक र अनौठो विषय छन्, जसलाई चलचित्रमा कलात्मक ढँगले प्रस्तुत गर्न सके विश्वले हाम्रो चलचित्र हेर्नेछ। २०१७ सालको राजा महेन्द्रको कदम मात्र हैन, उनको अवसानको बियोगान्त पाटाबारे चलचित्र बनाउन सकिन्छ। विपी भर्सेस राजा महेन्द्रको एउटा सुन्दर प्लट हुनसक्छ।
पाकिस्तानमा जुल्फीकर अली भुट्टोलाई फाँसी दिइएपछि नेपालमा भएको विद्यार्थी आन्दोलन, त्यही आन्दोलन चर्किएर उत्पन्न, राजनीतिक तनाव, त्यसैबेला गोरखापत्र संस्थान र नेपाल बायु सेवा निगममा भएको आगजनी, विद्यार्थी नेताहरुलाई कालोमोसो दलेर ठेलागाडामा घुमाइएको घटना हुँदै २०३६ सालको जनमत संग्रहसम्मको सन्दर्भ समेटेर एउटा गज्जबको चलचित्र निर्माण गर्न सकिन्छ, जसले अहिले राजनीतिको नेतृत्व तहमा पुगेका प्रायः सबै नेताहरुको राजनीतिक पृष्ठभूमि र लोकतान्त्रिक आन्दोलनको कथा भन्न सक्छ।
पंचायतकालमा भएको नमीता सुनिता बलात्कार तथा हत्याकाण्डबारे वरिष्ठ पत्रकार किशोर श्रेष्ठले विस्तृत अनुसन्धान गरेर रिपोर्ट तयार गरेका छन्। उनकै रिपोर्टमा आधारित भएर यो कथामा यस्तो चलचित्र बनाउन सकिन्छ, जसलाई नेहरी दर्शकलाई धरै नहोस्। अहिले बलात्कारको मुद्दा उफानमा रहेको बेला बलात्कारविरुद्ध सामाजिक जागरण ल्याउन हाम्रो देशमा शासक बर्गले सत्ताको आडमा लुकाएको ‘नमिता सुनीता काण्ड’लाई चलचित्रमा उजागर गर्ने हिम्मत कुनै निर्माता र निर्देशकले देखाउन नसक्ने, अनि दक्षिण भारतीय चलचित्रले बजार खोस्यो भनेर रुवाबासी गर्ने ?
नयाँ पुस्ताका चलचित्र निर्माताले अब बुद्धीसागरको ‘कर्नाली ब्ल्यूज’ किन नबनाउने ? पुस्तक नै यति बेस्ट सेलीङ भइसक्यो, अब के यसको चलचित्र झन नचल्ला र ? बस, बनाउन सक्नुपर्छ, बनाउने ल्याकत हुनुपर्छ।
अहिलेको पुस्ताको दर्शकको रुची के हो भन्ने ठम्याउन नै नेपाली चलचित्र निर्माता असफल छन्। साइन्स फिक्सनमा आधारित चलचित्र बनाउने ल्याकत त हाम्रा निर्मातामा पक्कै छैन, तर हामी आफैसँग भएका इहिास, मिथक, किंवदन्ती अनि पौराणिक र धार्मिक विषयमा चलचित्र बनाउने ल्याकतसमेत देखिएन।
साँखुमै छ, शाली नदी। त्यहाँ श्री स्वस्थानी ब्रत लिन वर्षेनी महिलाहरु जाने गर्छन्। पौराणिक ग्रन्थमा भएको थलोलाई अझ उजागर गर्न स्वस्थानी कथाको कुनै रोचक भाग चलचित्रमा समेटन सकिन्छ। बालिका गोमा ब्राम्हणी र सत्तरी वर्षको बुढाविचको बिबाह होस् या समग्र कथालाई नै विम्बात्मक रुपमा समेटदै चलचित्र बनाउन सकिन्छ।
हामीकहाँ यस्ता यस्ता उपन्यास या कथाकारका कथा छन्, त्यसलाई अहिलेसम्म फिल्माउने जाँगर कसैले देखाएका छैनन्। हिन्दी चलचित्रका कथा चोरेर चलचित्र बनाउने तिसमार खाँ त अनेक देखिए, तर अहिले पनि हाम्रो चलचित्रको गरीमा डा. ध्रुवचन्द्र गौतमको ‘कट्टेल सरको चोटपकट’मा आधारित ‘बासुदेव’ र बालकृष्ण समको कृतिमा आधारित ‘प्रेम पिण्ड’ले धानिरहेको छ।
नयाँ पुस्ताका चलचित्र निर्माताले अब बुद्धीसागरको ‘कर्नाली ब्ल्यूज’ किन नबनाउने ? पुस्तक नै यति बेस्ट सेलीङ भइसक्यो, अब के यसको चलचित्र झन नचल्ला र ? बस, बनाउन सक्नुपर्छ, बनाउने ल्याकत हुनुपर्छ। नारायण वाग्लेको ‘पल्पसा क्याफे’को चलचित्र बनाए पनि चल्छ। र, गिरीश गिरीले हालै लेखेको शताब्दी पुरुष सत्यमोहन जोशीको जिवनीमा आधारित ‘सत्यमोहन’कै चलचित्र रुपान्तरण गरे पनि हुन्छ।
नारायण वाग्लेको ‘पल्पसा क्याफे’को चलचित्र बनाए पनि चल्छ। र, गिरीश गिरीले हालै लेखेको शताब्दी पुरुष सत्यमोहन जोशीको जिवनीमा आधारित ‘सत्यमोहन’कै चलचित्र रुपान्तरण गरे पनि हुन्छ।
हामीसँग प्रकृति छ, इतिहास छ, परम्परा छ, पुराण छ अनि एक से एक पात्रहरु छन्। तैपनि हामी ‘डाँडापारीको बर पिपल’मै झोंक्राएर बसिरहेका छौं। चलचित्रको मिठो गीत त गाउन सकिरहेका छैनौं, तर बारम्बार ‘म यस्तो गीत गाउँछु’ भन्दैछौं। अली अली छक्कापन्जा गरेर के हुन्छ ? हामी ‘चिसो एस्ट्रे’ मै छौं। चन्द्रमा र मंगल ग्रहका चलचित्र बन्ने युगमा हाम्रा चलचित्रका विषयवस्तुले चोभारको डाँडो छिचोल्न सकेको छैनन्।
अतः हलिउड, बलिउड र दक्षिण भारतीय चलचित्रसँग भिडने हो भने चलचित्रकर्मीहरु अब हेर्न लायक विषयवस्तु खोज्न, अध्ययन अनुसन्धान गर्न र मेहनत गरेर उत्कृष्ट चलचित्र निर्माणमा जुटौं। चिज राम्रो छैन भने संसारकै हलमा शो पाएर पनि त्यो डब्बामा परिणत हुनेछ।
प्रतिक्रिया