युक्रेनका रुसी अधिनस्थ क्षेत्रमा सामूहिक चिहान फेला « Khabarhub

युक्रेनका रुसी अधिनस्थ क्षेत्रमा सामूहिक चिहान फेला


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसी सेना राजधानी किभ नजिकका क्षेत्रबाट फर्किएसँगै त्यहाँ सयौँ शव फेला परेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार किभ नजिकैको बुचा शहरमा तीन सय भन्दा धेरै शव गाडिएका सामूहिक चिहान फेला परेका हुन् ।

फेला परेका धेरै शवमा विभत्स हत्या भएको संकेत मिलेको जनाइएको छ । केहीको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । रुसी सेनाले सहर छोडेपछि विभत्स हत्या भएका शव धमाधम फेला परेको बेलायतबाट प्रकाशित हुने गार्जियन अखबारको अनलाइन संस्करणले जनाएको छ।

बुचा शहरका मेयर अनातोली फेदोरुकले समाचार संस्था एएफपीलाई बताएअनुसार मारिनेमध्ये धेरैको शरीरका धेरै अङ्गमा घाउ देखिएको छ ।

रुसी सेनाको गैरन्यायिक हत्याको शिकारमा सयौँ सर्वसाधारण परेका छन् । मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका छन् । 

तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्वीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ ।

यसैक्रममा बेलायत, जर्मनी लगायतका मुलुकले बुचामा भएको भनिएको युद्ध अपराधबारे छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ५९ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार