चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने गठबन्धनको निर्णय « Khabarhub

चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने गठबन्धनको निर्णय


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने गठबन्धनले निर्णय गरेका हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्रसमेत गठन गर्ने निर्णय गरेको छ । यसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय भएको छ ।

गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रूपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको छ ।

त्यस्तै गठबन्धनले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।

सोमबारको बैठकमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

Avatar

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : २३ बजे

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका

यी हुन् मन्त्रिपरिषद्‌का मुख्य तीन निर्णय  

काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको