भूमध्य सागरमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ९० जनाको मृत्यु « Khabarhub

भूमध्य सागरमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ९० जनाको मृत्यु


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आप्रवासी बोकेर लिबियाबाट युरोप तर्फ लागेको डुङ्गा भूमध्य सागरमा डुब्दा ९० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यसबारे जानकारी दिएका हुन् ।

‘अर्को भूमध्य सागरीय त्रासदीमा ९० भन्दा बढीको मृत्यु भएको छ । युरोपले युक्रेनबाट ४० लाख शरणार्थीहरूलाई उदारतापूर्वक र प्रभावकारी रूपमा आमन्त्रित गर्ने क्षमता प्रमाणित गरेको छ। यसले अब ढोका ढकढकाउने, संकटमा परेका अन्य शरणार्थी र आप्रवासीहरूलाई यो कसरी लागू गर्ने भनेर तुरुन्तै विचार गर्नुपर्छ’ ग्रान्डीको ट्विटमा उल्लेख छ ।

आप्रवासीहरू बोकेको भीडभाड भएको डुङ्गाले ‘धेरै दिन अघि’ लिबिया छोडेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार व्यावसायिक ट्याङ्कर एलेग्रिया १ ले ४ जना जीवितहरूलाई उद्धार गरेको छ ।

‘हामीलाई एलेग्रिया १ सँगको हाम्रो प्रारम्भिक सम्पर्कबाट थाहा भएको छ कि बाँचेकाहरू कम्तिमा चार दिनसम्म डुंगामै थिए । उक्त डुङ्गामा करिब १०० जना सवार रहेका थिए’ अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था मिद्सँ सँ फ्रन्टिये एमएसएफले ट्विटरमार्फत् जनाएको छ ।

उक्त सहायता समूहले रोम र माल्टाका समन्वय केन्द्रहरूलाई जीवित आप्रवासीहरूका लागि सुरक्षित स्थान तोक्न समेत आह्वान गरेको छ ।
हालैका वर्षहरूमा अफ्रिका र मध्य पूर्वमा गरिबी र युद्धबाट भागेर युरोप प्रवेश गर्नका लागि भूमध्यसागर पार गर्ने प्रयास गर्दा सयौँले ज्यान गुमाउँदै आएका छन् ।

मानवअधिकारवादी अर्को संस्था युरो–मेडिटेरेनियन ह्युमन राइट्स मनिटरले यस वर्षको शुरुमा आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२० मा १ हजार ४०१ आप्रवासीको तुलनामा २०२१ मा लगभग १ हजार ८६४ आप्रवासीको मृत्यु वा बेपत्ता भएको बताएको थियो । 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : ०५ बजे

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली