एएफसी कप छनोट: मछिन्द्र र श्रीलंकन ब्लु स्टारबीच मंगलबार प्रतिस्पर्धा | Khabarhub Khabarhub

एएफसी कप छनोट: मछिन्द्र र श्रीलंकन ब्लु स्टारबीच मंगलबार प्रतिस्पर्धा


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एएफसी कप छनोट–२०२२ को प्ले अफअन्तर्गत मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ ।

मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । त्यहीअनुसार तयारी गरिरहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् । प्रशिक्षक कटवालले विपक्षी टोली राम्रो रहेकोसमेत बताए ।

त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरणभन्दा माथि पुग्ने रहेको बताए । अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो । मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले खेलेको थियो । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ३० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये