स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र छापिने « Khabarhub

स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र छापिने


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कुल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् ।

२३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको भनाइ छ । जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ । सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँका हुने प्रवक्ता पौडेलले बताए ।

यसअघि आइतबार एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो । नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले थप मतपत्र छाप्ने काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ ।

मतपत्र छाप्नका लागि आयोगले प्राथमिकता निर्धारण गरेको छ । सबैभन्दा पहिला दुर्गम क्षेत्रको मतपत्र छापिने प्रवक्ता पौडेलले बताए । ‘प्राथमिकता त तोकेका छैनौँ । तर, पहिला छाप्ने काम दुर्गमको हुन्छ । किनभने ढुवानीको हिसाबले दुर्गम जान धेरै दिन लाग्न सक्छ । पहिला दुर्गम स्थानको छाप्ने र पहिला पठाउने, अनि सुगम क्षेत्रको छाप्छौं,’ प्रवक्ता पौडेलले भने ।

मतपत्र छाप्नका लागि सेक्युरिटी प्रेसमा काम गर्ने छुट्टै कर्मचारीलाई खटाइएको छ । नम्बरिङ, प्याकिङ र ब्याण्डिङको सम्पूर्ण काम ती कर्मचारीले गर्नेछन् ।

मतपत्र छपाईको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सुरक्षार्थ खटिएका छन् । मतपत्र छपाईको कामसमेत व्यवस्थित गर्नका लागि मतपत्र छाप्ने स्थल वरवर सीसीक्यामेराको समेत व्यवस्था गरिएको छ । मतपत्र छपाईको काम २० दिनभित्रमा सकिने जानकारी जनक शिक्षाले आयोगलाई दिएको छ ।

स्वीकृत अन्तिम मतदाता नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । कुल मतदाताको ८ देखि १५ प्रतिशतसम्म थप मतपत्र छापिने प्रवक्ता पौडेलको भनाइ छ ।

‘साह्रै कम मतपत्र हुने र दुर्गम जिल्लामा बढी प्रतिशत । किन भने त्यहाँ बिग्रिहाल्यो र थप मतपत्र चाहिने अवस्था भयो भने ढुवानीले छापिएको मतपत्रभन्दा बढी खर्च लिन्छ । त्यसकारण मनाङ, हुम्ला, जुम्लाजस्ता विकट जिल्लाहरूमा बढी प्रतिशत जगेडा राखिन्छ,’ प्रवक्ता पौडेलले भने ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ४ : ५३ बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी