क्यालिफोर्नियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु « Khabarhub

क्यालिफोर्नियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्तो शहरमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्याक्रामेन्तोकी प्रहरी प्रमुख क्याथरिन लेस्टरका अनुसार गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् ।

गोलीकाण्डमा मारिनेमा तीन पुरुष तथा तीन महिला रहेको अमेरिकी टेलिभिजन एबीसीले जनाएको छ । एकाबिहानै रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए ।

गोलीकाण्डपछि संदिग्ध बन्दुकधारीको खोजी भइरहेको जनाइएको छ । ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख ले भनिन्।

आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बन्दुक राख्न पाउने संवैधानिक व्यवस्थाका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको बताइन्छ । अमेरिकामा आफूसँग बन्दुक राख्नु र बन्दुक बोकेर हिँड्नु संस्कृतिजस्तै बनेको भन्दै केहीले यस्तो संस्कृतिको आलोचना समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु