क्यालिफोर्नियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु « Khabarhub

क्यालिफोर्नियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्तो शहरमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्याक्रामेन्तोकी प्रहरी प्रमुख क्याथरिन लेस्टरका अनुसार गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् ।

गोलीकाण्डमा मारिनेमा तीन पुरुष तथा तीन महिला रहेको अमेरिकी टेलिभिजन एबीसीले जनाएको छ । एकाबिहानै रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए ।

गोलीकाण्डपछि संदिग्ध बन्दुकधारीको खोजी भइरहेको जनाइएको छ । ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख ले भनिन्।

आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बन्दुक राख्न पाउने संवैधानिक व्यवस्थाका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको बताइन्छ । अमेरिकामा आफूसँग बन्दुक राख्नु र बन्दुक बोकेर हिँड्नु संस्कृतिजस्तै बनेको भन्दै केहीले यस्तो संस्कृतिको आलोचना समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : २५ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ