नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट « Khabarhub

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर दुई हजार ४९८.५३ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४६ अङ्कले घटेर ४६६.५६ मा ओर्लेको छ । कूल २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर रु एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.१६, व्यापार ३२.१९, होटल तथा पर्यटन २२.३६, विकास बैंक २४.५८, जलविद्युत् २२.४६, वित्त १३.६५, निर्जीवन बीमा २००.१३, उत्पादन १५.३४, अन्य २०.६, लघुवित्त २२.११, जीवन बीमा ११७.४५, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४१ अङ्कले ओरालो लागेको छ ।

सोमबारको कारोबार पछि बजार पूँजीकरण रु ३५ खर्ब ४७ अर्ब २८ करोड १२ लाख ७० हजार ४०१ बराबरमा सिमित भएको छ ।

कारोबारका आधारमा इमर्जिङ नेपाल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ३९ लाख १५ हजार ५८३ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु पाँच करोड ६७ लाख ८७ हजार ८७६, सूर्य लाइफ इन्स्योरेन्स रु चार करोड ६३ लाख ४८ हजार, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ९१ लाख दुई हजार ८८६ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ६९ लाख ३३ हजार ५९१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ९.१२, आरबीबी म्युचुअल फण्ड एक ३.१८ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले २.०१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सिटिजन म्युचुअल फण्ड ५.६६, कर्णाली डेभलपमेन्ट बैंक ४.२८, प्रभु इन्स्योरेन्स ४.०१, सिद्धार्थ इन्स्योरेन्स ३.४२ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ३७ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा