नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट « Khabarhub

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर दुई हजार ४९८.५३ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४६ अङ्कले घटेर ४६६.५६ मा ओर्लेको छ । कूल २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर रु एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.१६, व्यापार ३२.१९, होटल तथा पर्यटन २२.३६, विकास बैंक २४.५८, जलविद्युत् २२.४६, वित्त १३.६५, निर्जीवन बीमा २००.१३, उत्पादन १५.३४, अन्य २०.६, लघुवित्त २२.११, जीवन बीमा ११७.४५, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४१ अङ्कले ओरालो लागेको छ ।

सोमबारको कारोबार पछि बजार पूँजीकरण रु ३५ खर्ब ४७ अर्ब २८ करोड १२ लाख ७० हजार ४०१ बराबरमा सिमित भएको छ ।

कारोबारका आधारमा इमर्जिङ नेपाल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ३९ लाख १५ हजार ५८३ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु पाँच करोड ६७ लाख ८७ हजार ८७६, सूर्य लाइफ इन्स्योरेन्स रु चार करोड ६३ लाख ४८ हजार, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ९१ लाख दुई हजार ८८६ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ६९ लाख ३३ हजार ५९१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ९.१२, आरबीबी म्युचुअल फण्ड एक ३.१८ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले २.०१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सिटिजन म्युचुअल फण्ड ५.६६, कर्णाली डेभलपमेन्ट बैंक ४.२८, प्रभु इन्स्योरेन्स ४.०१, सिद्धार्थ इन्स्योरेन्स ३.४२ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ३७ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र