नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त « Khabarhub

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन्। भारतको मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गर्ने निर्णय गरेको हो। अहिलेको भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको कार्यकाल आगामी अप्रिल ३० मा सकिएपछि क्वात्राले विदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन्। क्वात्रा भारतीय विदेश सेवामा ३२ वर्ष बिभिन्न जिम्मेवारीका कार्यअनुभव सँगालेका कूटनीतिज्ञ हुन् ।

सन् १९८८ मा विदेश सेवा प्रवेश गरेका क्वात्रा नेपालको राजदूतमा नियुक्त हुनुअघि फ्रान्सका लागि भारतीय राजदूतको रुपमा कार्यरत थिए। उनले सन् १९९३ सम्म जेनेभास्थित भारतको स्थायी नियोगमा तृतीय सचिव र त्यसपछि द्वितीय सचिवको रूपमा काम गरे। उक्त जिम्मेवारीमै रहँदा उनले फ्रान्सेली भाषा सिक्नुका साथै संयुक्त राष्ट्रका विशेष एजेन्सीहरूसँग सम्बन्धित जिम्मेवारी समेत सम्हालेका थिए। मानव अधिकार आयोग लगायतको जिम्मेवारी समेत हेरेका उनले त्यही रहँदा स्कुल अफ इनटरनेशनल स्टडिज इन जेनेभाबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा पनि हासिल गरेका थिए।

क्वात्राले सन् १९९३ देखी २००३ को बीचमा संयुक्त राष्ट्रसंघीय मुख्यालय, दक्षिण अफ्रिका र उज्बेकिस्तानमा रहेका भारतीय कूटनीतिक नियोगहरूमा कार्यरत थिए। सन् २००३ देखि सन् २००६ सम्म उनी चीनका लागि भारतीय नियोग उपप्रमुखको रुपमा कार्यरत थिए। सन् २००६ देखि २०१० सम्म उनले नेपालको सार्क सचिवालयमा व्यापार, अर्थतन्त्र र वित्त ब्युरोको प्रमुखका रूपमा भारतको प्रतिनिधित्व गरेका थिए। सन् २०१० देखी १३ सम्म उनले अमेरिकाको वाशिङ्टनस्थित भारतीय दूतावासमा वाणिज्य प्रमुखको जिम्मेवारी समालेका थिए।

जुलाई २०१३ देखी २०१५ अक्टोबरसम्म उनले भारतीय विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान विभागको नेतृत्व गरेका थिए। पछि विदेश मन्त्रालयमा अमेरिका डिभिजनको प्रमुखको रूपमा काम गरेका थिए। क्वात्रा २०१५ अक्टोबर देखि अगस्ट २०१७ सम्म भारतीय प्रधानमन्त्रीको कार्यालयमा काम गरेका थिए। २०१७ अगष्ट देखि २०२० फेब्रुअरीसम्म भारतका लागि फ्रान्सको राजदूतको रहेका क्वात्रा सन् २०२० मार्चदेखि नेपालको राजदूतको रुपमा कार्यरत छन्।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ४१ बजे

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री