अर्थमन्त्री शर्माले एमसीसीसम्बद्ध पदाधिकारीलाई भने– ‘एमसीसी छिट्टो कार्यान्वयनमा लैजानुस्’ « Khabarhub

अर्थमन्त्री शर्माले एमसीसीसम्बद्ध पदाधिकारीलाई भने– ‘एमसीसी छिट्टो कार्यान्वयनमा लैजानुस्’


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

सोमबार नेपाल सरकार र एमसीसीसम्बद्ध पदाधिकारीहरूबीच भएको भर्चुअल बैठकमा मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

उनले परियोजना कार्यान्वयन अवधि एक वर्ष बाँकी रहे पनि धेरै विलम्ब गर्न नहुने बताएका छन् ।

एमसीसी चाँडै अगाडि बढ्छ भन्ने कुरामा जनतालाई विश्वास भइसकेकाले कार्यान्वयनका लागि समय नतोकेर छिट्टो अघि बढ्नुपर्ने पनि मन्त्री शर्माले बताए ।

एक वर्षे कार्यान्वयन अवधि लोमो समय भएको उनको भनाइ छ ।

बैठकमा अर्थमन्त्री शर्मा, एमसीसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीको नेपालस्थित राष्ट्रिय निमित्त निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेललगायत सहभागी थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ४२ बजे

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव